इलेक्ट्रिसियन संघको बनभोज हुँदै
- प्रकाशित मिति : Tue-18-Feb-2020
- - Admin

काठमाण्डौ, फागुन । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको हक हितका लागि काम गर्दै आएको नेपाल इलेक्ट्रिसियन संघले बनभोज कार्यक्रमको आयोजना गरेको छ । बनभोज कार्यक्रम यहि फागुन १७ गते काठमाण्डौ स्थित फर्पिङ्ग पावर हाउसमा हुने भएको हो ।
स्थापना देखि नै इलेक्ट्रिसियनहरुको हकहितका कार्य गर्दै आएको यस संघमा हाल ११ सय भन्दा बढी इलेक्ट्रिसियनहरु आवद्ध रहेको संघका कोषाध्यक्ष एवं बनभोज कार्यक्रमका संयोजक पदमनाथ शर्माले बताए । उनका अनुसार बनभोज कार्यक्रममा ४ यस भन्दा बढी इलेक्ट्रिसियनहरुको उपस्थिति रहने अपेक्ष गरीएको जानकारी दिए । त्यस्तै संघका अध्यक्ष प्रकाश दाहालले इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिका लागि संघले समय समयमा विभिन्न तालिम प्रदान गर्दै आएको बताए ।
इलेक्ट्रिसियनहरुलाई प्रमाण पत्रको व्यवस्था गर्नका लागि सरकार सँग आवश्यक पहल गर्दै आएको उनले बताए । त्यस्तै इलेक्ट्रिसियनहरु स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न हस्पिटलसँग इलेक्ट्रिसियनहरुको स्वास्थ्य उपचारका लागि छुटको व्यवस्था गर्नका लागि पहल भइरहेको पनि उनले जानकारी दिए ।