भर्खरै

ऊर्जामन्त्री पुनको भनाई बुढीगण्डकीको मुआब्जा विवाद छैन

  • प्रकाशित मिति : Tue-18-Feb-2020
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं,फागुन  । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नभएको बताएका छन् ।
मंगलबार भएको प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै आयोजनाले डुबान पर्ने क्षेत्रहरुको मुआब्जा निर्धारण भइसकेको र कुनै विवाद नरहेको उनले बताएका हुन् । 
 
गोरखातर्फको ८० प्रतिशत र धादिङतर्फका ७० प्रतिशत जग्गा धनीहरुले मुआब्जा प्राप्त गरिसकेको उनले जानकारी दिदैं बुढीगण्डकी जलविद्युत आयोजना र डुबान क्षेत्रको मुआब्जा निर्धारणको विवाद अब नरहेको उनको भनाई छ ।
उनले भने आरुघाट, आर्खेत र खहरे बजार क्षेत्रको पनि मुआब्जा निर्धारण गरेर वितरण सुरु भइसकेको छ, मुआब्जा पुनरावलोकनमा उजुरी परेको र मर्का परेको भए उपयुक्त निर्णय लिइने छ । 
 
मुआब्जा दिने क्रममा घरको हसकट्टी नगरियोस् र पुँजीगत लाभकर हटाइयोस् भन्ने प्रभावितहरुको माग अर्थमन्त्रालयमा पठाइएको भन्दै प्रभावितहरुले गरेको गुनासो सम्बोधन हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभामा बोल्दै मन्त्री पुनले यस वर्ष ३० हजार काठमाका पोल विस्थापित गरिएको बताएका छन् ।  विद्युत प्रशारणमा ३ लाख र सामुदायिक विद्युतहरुले पनि थप १ लाख गरी कुल ४ लाख काठका पोल प्रयोगमा रहेको उनले जानकारी दिए ।
उनले काठका पोल विस्थापित गर्ने सरकारको कार्यक्रम रहेको बताउँदै सुरक्षित वितरण प्रणाली स्थापित गर्ने जानकारी दिए । काठमाडौंमा आउँदो वर्षसम्ममा भूमिगत तारबाट विद्युत वितरण गर्ने र दोस्रो चरणमा ललितपुर, भक्तपुरमा भूमिगत वितरण प्रणाली बनाइने जानकारी दिए । 

प्रतिक्रिया