भर्खरै

ट्रम्प आइपुगे भारतमा , सुरक्षाका लागि खटाइए पाँच लङ्गुर

  • प्रकाशित मिति : Mon-24-Feb-2020
  • -
title


काठमाडौं ,फागुन  । अमेरिकी राष्ट्रपतिका लागि भारतमा उच्च सुरक्षाको बन्दोबस्त गरेपछि सुरक्षा निकाय आगरामा बाँदर आतंकका कारण चिन्तित छन् । यसका कारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदरं) तैनाथ गरेको छ ।

अमेरिकी राष्ट्रपति र उनकी श्रीमती मेलानिया ट्रम्प सोमबार अर्थात् आज ताज महल भ्रमण गर्ने तालिका छ ।

सुरक्षाका लागि अमेरिकन सिक्रेट सर्भिस, पारामिलिटरी फोर्सका १० कम्पनी, पीएसी र एनइसजी कमान्डोका १० कम्पनीलाई खटाइएको छ ।

राष्ट्रपति ट्रम्प दुई दिवसीय भ्रमणका लागि आजै भारत पुगेका छन् । राष्ट्रपति ट्रम्पको अहमदाबाद एयरपोर्टमा प्रधानमन्त्री मोदीले स्वागत गरेका छन् । ट्रम्पसँग अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प र छोरी इभांका ट्रम्प पनि छन् । एजेन्सी

प्रतिक्रिया