भर्खरै

देशमा प्राविधिक जनशक्ति आवश्यक छ : सचिव वाग्ले

  • प्रकाशित मिति : Tue-25-Feb-2020
  • - भीमलाल श्रेष्ठ
title

 
काठमाण्डौ, फागुन । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परीषद् (सिटिईभिटि ) का सदस्य सचिव पुष्प रमण वाग्लेले देशमा प्राविधिक जनशक्ति आवश्यक रहेको बताएका छन् । बालाजु स्कुल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजि कलेजको ५८ औँ वार्षिकोत्सवको असवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्राविधिक शिक्षाको महत्व बढ्दै गएको र प्राविधिक जनशक्तिको आवश्यकता पनि बढ्दै गएको बताए । देशको आर्थिक सामाजिक विकासका लागि प्राविधिकहरुको आवश्यकता रहेको उनले बताए ।  उनले प्राविधिक जनशक्तिहरु सक्षम हुनु पर्ने पनि बताए । 
 
त्यस्तै वार्षिकोत्सव कार्यक्रममा प्राविधिक प्रशिक्षक प्रतिष्ठानका (TIT) का कार्यकारी निर्देश अकिम श्रेष्ठले प्राविधिक शिक्षाको महत्व बढ्दै गएको बताए । उनले देश तथा विदेशमा प्राविधिक जनशक्तिको माग बढीरहेकाले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । त्यस्तै सिटिईभिटि सुचनाा समन्वय प्रमुख अनिल मुनि बज्राचार्यले बालाजु स्कुल नेपालको नै पहिलो प्राविधिक शिक्षालय रहेको बताउदै प्राविधिक शिक्षा उत्पादनमुखी हुनु पर्ने बताए । त्यस्तै राष्ट्रिय कर्मचारी संगठका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले देशमा सीपयुक्त जनशक्ति उत्पादनका लागि सहयोग गर्दै जाने बताए । 
 
बर्षिकोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै खेलकुद कार्यक्रमको पनि आयोजना गरीएको थियो । कार्यक्रममा यस कलेजमा २५ वर्ष सेवा गरेका प्रशिक्षक तथा कर्मचारीहरुलाई सम्मान गर्नुका साथै ‘वेष्ट अफ द इयर’  अवार्ड प्रशिक्षक लक्ष्मण प्रसाद फुँयालले प्राप्त गरेका थिए । कार्यक्रममा बालाजु स्कुलको नयाँ इन्जिनियरीङ भवनको सदस्य सचिव वाग्लेद्धारा उद्घाटन गरीएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago