भर्खरै

देशभरका विद्युतीय तार भूमिगत बनाऔं

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • -
title

सुन्दर शहर सरकारको परिकल्पना हो । शहरलाई सुन्दर एवं व्यवस्थित बनाउनका लागि सरकारले विभिन्न परियोजनाहरु ल्याइरहेको छ । सरकारले शहरलाई सुन्दर बनाउनका लागि विद्युतीय तारहरु भूमिगत गर्ने योजना ल्याएको छ । अव्यवस्थित रुपमा जथाभावी लत्रिएका तथा गुजुल्टिएका विद्युतीय तार, टेलिफोनका तार, इन्टरनेटका तारलाई व्यवस्थित रुपमा भूमिगत गर्ने उद्धेश्यका साथ नेपाल विद्युत प्राधिकरणले काठमाण्डौको महाराजगञ्ज वितरण केन्द्र देखि विद्युतीय तारलाई भूमिगत गर्न थालेको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्र्तगत बालुवाटार, पानीपोखरी, बुढानिलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनीखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताल लगायतका स्थानमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका भूमिगत लाइन निर्माण गरिने भएको छ । त्यस्तै रत्नपार्क, ठमेल, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, थापाथली, लाजिम्पाट, गौशाला, एयरपोर्ट लगायतका स्थानहरुमा पनि विद्युतीय तार भूमिगत गरिने भएको छ । शहरको सौन्दर्यका लागि तथा व्यवस्थापका लागि प्राधिकरणले ल्याएको यो योजना उपयुक्त छ । यस्ता योजना काठमाण्डौमा मात्र नभई देशभर लागु हुन जरुरी छ । जथाभावी विद्युतीय तार लत्रिदा एका तर्फ शहरको सौन्दर्यमा हस आउँछ भने अर्कातर्फ विद्युतीय दुर्घटनाको समेत जोखिम बढ्ने गर्दछ ।

जथाभावी लत्रिएका विद्युतीय तारका कारण नै विद्युतीय दुर्घटना भई धनजनको ठूलो क्षति  भएका घटनाहरु आउने गरेका छन् । यस्ता घटनाहरुबाट जोगिनका लागि पनि विद्युतीय भूमिगत गुर्न आवश्यक छ । विद्युतीय तार भूमिगतका लागि ल्याएको सरकारको योजना अन्य योजनाहरु जस्तो फितलो नहोस । किनकी यस योजनाले सिंगो नेपाली जनतार देशको हितको लागि सहयोग पुग्ने देखिन्छ । त्यसैले यसको विस्तार देशभर हुनुपर्दछ । त्यस्तै विद्युत विस्तार हँुदै गरेका स्थानहरुमा प्राधिकरणले विद्युतीय तारहरु भूमिगत गर्नुपर्दछ ।    

 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago