भर्खरै

एलजीको रेड फेयरमा ५० प्रतिशत सम्म छूट

  • प्रकाशित मिति : Wed-26-Feb-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, फागुन । एलजीले आइतवार देखि ‘एलजी रेड फेयर’ शुरू गरेको छ । फेयर अन्तर्गत एलजीका ग्राहकले ५० प्रतिशत सम्म छूट पाउने भएका छन् । ‘इनोभेशन फर बेटर लाइफ’को नारासहित एलजीले ग्राहकका लागि इनोभेटिभ घरायसी सामग्री उपलब्ध गराउँदै आएकोे छ ।

एलजीले टीभी, रेफ्रिजेरेटर, वाशिङ मेशिन, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, भ्याकुम क्लिनर, एयर प्युरिफायर, एसी र डिसवासर जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । एलजीले रेड फेयरअन्तर्गत लक्की ड्रमार्फत बम्पर उपहार पनि घोषणा गरेको छ । बम्पर उपहारमा एक जोडीलाई ताज मेघौली सेराई घुम्ने अवसर एलजीले दिलाउनेछ भने हरेक हप्ता लक्की ड्रमार्फत एलजीको अडियो सिस्टम पनि जित्न सकिनेछ ।

लक्की ड्रमा सहभागी हुन आफूले खरिद गरेको सामानको मोडल नम्बर तोकिएको ढाँचा र नम्बरमा एसएमएस गर्नुपर्नेछ । यो योजना एलजीका सबै व्यापारिक केन्द्रमा लागू भएको कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया