भर्खरै

नीजि क्षेत्रलाई नयाँ विद्युत ऐनले छोएन : प्रमुख न्यौपाने

  • प्रकाशित मिति : Thu-27-Feb-2020
  • - विद्युत संसार संवाददाता
title



काठमाण्डौ, फागुन । अपि पावर कम्पनीका प्रमुख  गुरु प्रसाद न्यौपानेले  नयाँ विद्युत ऐन २०७६ ले नीजि क्षेत्रलाई नछोएको बताए । प्रस्तावित विद्युत ऐन २०७६ का विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । विद्युत ऐन नीजि क्षेत्रका लागि प्रष्ट र उदार हुन नसकेको बताउदै उनले यस ऐनमा मनोपोली देखिएको बताए । प्रस्तावित ऐनले साना तथा ठूला योजनालाई एउटै बास्केटमा राखेर हेरेको उनले बताए ।  उनले हरेक प्रदेशमा नेपाल विद्युत प्राधिकरण स्थापना हुनु पर्ने बताए ।

 अधिवक्ता महेश थापा यो ऐन विद्युत ऐन २०४९ भन्दा केही नियन्त्रणमूखी रहेको बताए । त्यस्तै विद्युत नियमन आयोगका सदस्य राम प्रसाद धितालले यो ऐनले प्रतिस्पर्धा ल्याउन खोजेको बताए ।

त्यस्तै सुस्मि इनर्जि प्रा.लि का अध्यक्ष सुशिल पोखरेलले जलविद्युत क्षेत्रमा लगानी गरे अनुरुप उपलब्धि हुन नसेको बताए । विद्युत विकास विभागले करिब ७ हजार ६ सय ७९ मेगावाटका आयोजनाको  उत्पादन अनुमतिपत्र जारी गरे पनि लगानी जुटाउन नसेको उनले बताए । बैंकहरूले जलविद्युतमा ऋण दिन विभिन्न सर्त राख्न थालेकोको पनि उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago