भर्खरै

कोरोनाले नार्माजुन मादी पनि प्रभावित, १२ मेगावाट विद्युत खेर जाँदै

  • प्रकाशित मिति : Mon-02-Mar-2020
  • -
title

काठमाडौं । चीनमा महामारीकारूपमा फैलिएको कोरोना भाइरसको प्रभाव कास्कीस्थित १२ मेगावाटको नार्माजुन मादी जलविद्युत आयोजनामा पनि परेको छ । कोरोना असरले चिनियाँ कम्पनीका कामदार र प्राविधिक आउन नसक्दा विद्युत प्रवाह हुने प्रसारण लाइन परीक्षण गर्न समस्या भएपछि आयोजना प्रभावित हुन पुगेको हो ।
 
चिनियाँ प्राविधिक तथा कामदार आउन नसक्दा स्वीचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको सबस्टेसनसम्म आवश्यक प्रसारण लाइनको परीक्षण हुन नसकेको प्रवर्द्धक हिमालयन हाइड्रो पावर कम्पनीका सचिव कृष्ण भण्डारीले बताए । उनका अनुसार प्रसारण लाइन सञ्चालन नहुँदा आयोजनाको विद्युत उत्पादन सुरु गर्न सकिएको छैन ।
 
मादी बेसिनमा आयोजना निर्माण गरिरहेका प्रवर्द्धकको संयुक्त लगानीमा विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनसम्म एउटै प्रसारण लाइन निर्माण गरिएको छ । चिनियाँ कामदार फर्केर काम सुचारु नगर्दासम्म आयोजनाको विद्युत खेर जाने अवस्था आएको पनि उनले बताए । कम्पनीले अहिले आयोजनामा जडित उपकरणको आन्तरिक परीक्षणको तयारी गरेको छ । २०७३ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि भूकम्प, नाकाबन्दी, पहिरोलगायत कारणले ढिलाई हुँदै आएको थियो ।
आयोजनाबाट उत्पादन हुने विद्युत लेखनाथ सबस्टेसनमा लगेर जोडिनेछ । आयोजना सम्पन्न हुँदा २ अर्ब २७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा जनता बैंकको अगुवाईमा ५ बैंकको ऋण लगानी छ । ऋण लगानी कूल लागतको ६७ प्रतिशत हो । बाँकी स्वपुँजी लगानी छ ।
 
मादी कोरिडोरमा यो आयोजनासहित ४४ मेगावाटको सुपर मादी, २५ मेगावाटको बज्र मादी आयोजना निर्माणाधीन छन् । निर्माण सम्पन्न भएको १३ मेगावाटको मद्ख्यु खोला र २५ मेगावाटको माथिल्लो मादीले विद्युत उत्पादन गरिरहेका छन् ।
कोरोनाको अप्रत्यक्ष असरले नामार्जुन मादीसहित दर्जन बढी जलविद्युत आयोजना प्रभावित भएका छन् । चीन सरकारले देश छाड्न कडाई गर्दा नयाँ वर्ष मनाउन गत माघमा गएका चीनियाँ कामदार उतै रोकिएपछि निर्माण प्रक्रियामा रहेका आयोजनाको काम रोकिएको छ ।
ऊर्जा खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago