लिबर्टी इनर्जीले शेयर निष्कासन गर्दै
- प्रकाशित मिति : Tue-03-Mar-2020
- - Admin

काठमाण्डौ, फागुन । लमजुङ स्थित २५ मेगावाट क्षमतको दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण गरिरहेको लिबर्टी इनर्जी कम्पनीले फागुन २७ गते देखि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले १५ लाख कित्ता अति प्रभावित, कम प्रभावित र प्रभावित गरी तीन तहमा शेयर निष्कासन गर्न लागेको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिका–६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दामा स्थानीयलाई छुट्याएको मध्ये ३३ दशमलव ३३ प्रतिशत र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेँसीसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ३३ दशमलव ३३ प्रतिशत कित्ता निष्कासन गर्न लागेको हो ।
आवेदकले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । शेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।