अपि पावरले आफ्ना शेयरधनीलाई बोनस दिदै
- प्रकाशित मिति : Tue-03-Mar-2020
- - Admin

काठमाण्डौ, फागुन । अपि पावर कम्पनीले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने भएको छ । आर्थिक वर्ष २०७५र ७६ को विद्युत बिक्रीबाट भएको खुद नाफाबाट सेयरधनीलाई बोनस शेयर दिइने भएको हो ।
शेयरधनीलाई बोनस शेयर दिने प्रस्ताव आगामी चैत ७ गतेका लागि तय भएको कम्पनीले जनाएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभामा बोनस शेयरको प्रस्ताव पेश गर्ने र सो साधारण सभा बाट प्रस्ताव पारीत भए पश्चात शेयरधनीले बोनस शेयर पाउने कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीले आव २०७४ र ७५ को चुक्ता पूँजीको १ बराबर ०.४६७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बोनस तथा हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ८१ करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।
दोस्रो चरणमा सोही कायम भएको चुक्ता पुँजीको १ बराबर ०.९०९६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ । हकप्रद सेयर जारी भएर संकलन हुने रकम दार्जुलामा सुरु हुन लागेको ४० मेगावाट माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्नेछ ।
कम्पनीले ८.५ मेगावाटको माथिल्लो नौगड गाढ आयोजना र ८ मेगावाटको माथिल्लो नौगड गाढ आयोजना निर्माण समपन्न गरी सञ्चालनमा ल्याएको छ ।