भर्खरै

प्राधिकरणले बढाएको विद्युत महशुल फिर्ता नगरे उद्योग बन्द गर्ने चेतावनी

  • प्रकाशित मिति : Wed-04-Mar-2020
  • - Admin
title
 
काठमाडौं,फागुन  । नेपाल विद्युत प्राधिकरणले गत मंसिर र माघमा विना सूचना ६६ दशमलव ६७ प्रतिशतले बढाएको विद्युत महशुल फिर्ता नगरे उद्योग नै बन्द गर्ने चेतावनी उद्योगीहरुले चेतावनी दिएका छन् । 
बुटवल भैरहवा औद्योगिक करिडोरका उद्योग २२ उद्योगहरुले सोमबार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गरी डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरेको नाममा विद्युत महशुल वृद्धि गरी पठाएको बिल गैरकानुनी रुपमा पठाइएको भन्दै उक्त बिल नरोकिए उद्योगहरु बन्द गर्ने चेतावनी दिएका हुन्  । 
 
महासंघका पदाधिकारीहरुलाई समेत राखेर बुटवल भैरहवा क्षेत्रका उद्योगीहरुले आफूहरुले तोकिए अनुसारको विद्युत महशुल समयमा तिरेर दुई प्रतिशत छुटसमेत लिँदै आएको अवस्थामा एक्कासी महशुल वृद्धि गरी बिल पठाएकोले उद्योगीहरुले यो महशुल तिर्न नसक्ने स्पष्ट पारेका छन् । महंगो लागतका कारण उद्योगहरु चलाउन कठिन भइरहेको बेला अर्को अतिरिक्त महशुल थप्ने कुराले उद्योगहरु बन्द गर्नुको विकल्प नरहेको उद्योगीहरुको भनाई छ । 
 
आफूहरुले ट्रंक लाइनबाट विद्युत जडान गरी पाउँ भनेर कुनै निवेदन नदिएको, लोडसेडिङ्गको समयमा पनि सर्वसाधारण सरह लोडसेडिङ्ग खेप्दै आएको, तर प्राधिकरणले आफ्नो बढि पैसा उठाएर आफ्नो कार्यक्षमता बढि देखाउने नाममा उद्योगीहरुको ढाड सेकाउने काम गरेको आरोप लगाएका छन् । छुट बिल भन्दै २०७२ सालदेखिको अतिरिक्त महशुलको बिल पनि पठाउने तयारी गरेको छ । 
 
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अरु देशमा आफ्नो उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता बढाउन राज्यले नै जग्गा निःशुल्क दिने, कर तथा विद्युत महशुलमा विशेष छुट दिने गरेकोमा नेपाल महंगो लागतमा काम गर्दै आएका उद्योगी व्यवसायीलाई नै भार थप्ने काम हुने गरेको बताए । उनले भारतलाई बिजुली बेच्ने कुरा गर्नुभन्दा स्वदेशी उद्योगलाई नै सहुलियतमा बिजुली दिए त्यसले राष्ट्रलाई फाइदा हुने भन्दै एकातिर नयाँ उद्योग आउनुपर्यो भन्ने अर्कोतर्फ भएका उद्योगहरुलाई पनि बन्द गराउन खोज्ने सरकारको शैली ठीक नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago