भर्खरै

प्राविधिक पेशाले रोजगार प्रर्वद्धनमा सहयोग पुराउँदै आएकोे छ : मेयर न्यौपाने

  • प्रकाशित मिति : Thu-05-Mar-2020
  • - Admin
title

तनहुँ, फागुन । व्यास नगरपालिकाका मेयर बैकुन्ठ न्यौपानेले प्राविधिक पेशाले रोजगार प्रर्वद्धनमा सहयोग पुराउँदै आएको बताएका छन् । व्यास विद्युत तथा प्लम्बर एशोसिएसनको सातऔँ वार्षिक साधारण सभामा आयोजित  कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्लम्विङ्ग तथा इलेक्ट्रिसियन क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिका कारण विदेशीने युवाहरुको संख्यामा कमी आएको उनले बताए । उनले  आफ्नो पेशा प्रति स्वाभिमान रहेर काम गर्न आग्रह गरे । 
 
त्यस्तै गारेखा इलेक्ट्रिसियन संघका अध्यक्ष राजकुमार श्रेष्ठले एशोसिएसनको साधारण सभाको सुभकामना दिदै कुनै पनि इलेक्ट्रिसियन तथा प्लम्बरले आफ्नो पेशालाई कमजारे नसम्झन आग्रह गरे । उनले आफ्नो पेशा प्रति मर्याति रहि काम गर्नु पर्ने बताए । उनले इलेक्ट्रिसियन तथा प्लम्रहरु बीच एकताको आवश्यकता रहेको बताउँदै  एशोसिएसनमा आवद्ध नभएका प्लम्बरहरुलाई एशोसिएसनमा आवद्ध हुन आग्रह गरे । 
 कार्यक्रमा तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष सन्तमान श्रेष्ठले जुन सकुै निर्माण कार्य क्षेत्रमा प्राविधिकहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै यस विषयमा व्यास महानगरपालिकाले  आवश्यक सहयोग गर्नु पर्ने बताए । इलेक्ट्रिसियन तथा प्लम्बरहरुले  आफ्नो क्षेत्रमा काम गर्दा  अस्वस्थ प्रतिस्पर्धा विना स्वच्छ र एताबद्ध ढंगबाट काम गर्नु पर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले घर निर्माण गर्दा अनिवार्य रुपमा नक्शा बनाए जस्तो प्लविङ्ग तथा हाउस वायरीङ्ग  गर्दा विद्युतीय नक्शा अनिवार्य रुपमा लागु गर्नु पर्ने, इलेक्ट्रिसियनहरुको ग्रेड निर्धारण गर्नु पर्ने बताए । 
 
त्यस्तै निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष टिकानिधि पौडेलले काममा प्रतिस्पर्धा हुनु स्वभाविक रहे पनि अस्वस्थ प्रतिस्पर्धा हुनु गलत रहेको बताए । उनले दक्ष प्राविधिकद्धारा मात्र काम लगाउनु पर्ने बताए । त्यस्तै क्युपेक नेपाल तनहुँका उपाध्यक्ष सागर थापाले सस्तो भन्दा पनि गुणस्तरी काम गर्ने प्राविधिकहरु मार्फत काम गराउन आग्रह गरे ।
 
कार्यक्रममा नेपाल विद्युतीय प्राविधिक महासंघका अध्यक्ष भीमलाल श्रेष्ठले विद्युतीय नक्शाङ्गकन अनिवार्य रुपमा लागु गर्नु पर्ने र विद्युतीय नक्शाका आधारमा नै इलेक्ट्रिसियनहरुले काम गर्नु पर्ने बताए । आफ्नो पेशालाई मर्यादित बनाउन कार्यअनुमति पत्रको व्यवस्था गर्नु पर्ने उनले बताए । काम गर्ने क्रममा इलेक्ट्रिसियनहरु दुर्घटनामा परेको अवस्थामा इलेक्ट्रिसियनहरुको सुरक्षाका लागि सरकार तर्फबाट ६० प्रतिशत , संघ र व्यक्तिगत तर्फबाट ४० प्रतिशतका लागि पहल गर्दै आएको उनले बताए ।   उनले गुणस्तरीय सामग्री प्रयोग गर्नका लागि आग्रह समेत गरेका थिए ।  त्यस्तै एशोसियनका अध्यक्ष राजन अधिकारीले विद्युत क्षेत्रमा काम गर्ने र प्लमबिङ्गका क्षेत्रमा काम गर्ने प्लम्बरहरुको हक अधिकारका लागि एशोसिएसनको स्थापना भएको बताए । कार्य एकरुपता कार्य गर्नु, इलेक्ट्रिसियनहरु र प्लमवरहरुको हक अधिकारका लागि काम गर्दै अधि बढ्नु एशोसिएसनको प्रमुख उद्धेश्य रहेको उनले बताए । 

प्रतिक्रिया