भर्खरै

चितवनमा ‘निउ’ इलेक्ट्रिक स्कूटरको शोरूम सञ्चालनमा

  • प्रकाशित मिति : Sun-08-Mar-2020
  • - Admin
title
 
चितवन,फागुन  । वातावरणमैत्री, प्रदुषणमुक्त इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम चितवनमा सञ्चालनमा आएको छ । पिनाकल मोटोरोडले शुक्रबारदेखि  चितवनमा निउ इलेक्ट्रिक स्कूटरको शोेरूम सञ्चालनमा ल्याएको हो । 
इको इफिनिटिक प्रालिले बजारमा ल्याएको स्कूटरको  उक्त शोरूमको उद्घाटन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले गरेका थिए ।   अध्यक्ष श्रेष्ठले इलेक्ट्रिक स्कूटरले वातावरण प्रदूषण कम गर्ने र उपभोक्ताको खर्च घटाउने बताए । इलेक्ट्रिक स्कुर वातावरण मैत्री भएकाले इलेक्ट्रिक स्कूटरको माग र प्रयोग बढ्ने उनले बताए । 
 
कार्यक्रममा इको इफिनिटिकका प्रमुख उज्जवल जोशीले दुईपांग्रे सवारीमा निउ इलेक्ट्रिक स्कूटरले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । यो स्कूटर नेपालमै नम्बर प्लेट प्राप्त गर्ने पहिलो इलेक्ट्रिक सवारी भएको उनको भनाइ छ । साथै एकभन्दा बढी विक्री कक्ष भएको र ‘क’ वर्गको बैंकबाट फाइनान्स सुविधा पाइने यो नै पहिलो इलेक्ट्रिक स्कूटर भएको उनले जानकारी दिए । 
 
पिनाकल मोटोरोडका प्रबन्ध निर्देशक ईश्वर श्रेष्ठले काठमाडौं जस्तै चितवनमा पनि स्कूटरले राम्रो बजार लिने विश्वास व्यक्त गरे । पेट्रोल स्कूटरका तुलनामा इलेक्ट्रिक स्कूटर प्रयोग गर्दा वार्षिक रू. ५० हजार खर्च कम गर्न सकिने कम्पनीले जनाउको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago