भर्खरै

माथिल्लो दोर्दी ‘ए’ आयोजनाको शेयर बिक्रि खुल्ला

  • प्रकाशित मिति : Wed-11-Mar-2020
  • - Admin
title

 
काठमाण्डौ, फागुन ।  लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको शेयर बिक्रि खुल्ला गरेको छ ।  लिवर्टी इनर्जी कम्पनी लिमिटेडले  निर्माण गरेको सो आयोजनाको  मंगलबार बाट शेयर आवेदन  खुल्ला गरेको हो ।
प्रतिकित्ता सय रुपैयाँ अंकित १५ करोड रुपैयाँ मूल्य बराबरको १५ लाख कित्ता शेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ ।  निष्कासन भएको शेयर मध्ये ५ लाख कित्ता अति प्रभावित दोर्दी गाँउपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयका लागि छुट्याइएको  कम्पनीले जनाएको छ । 
५ लाख कित्ता  दोर्दी गाँउपालिकाका बाँकी वडा र बेंशिसहर नगरपालिकाको वडा नम्बर ११ का स्थानीय र बाँकी ५ लाख कित्ता जिल्लाबासीका लागि छुट्याइएको  कम्पनीले जनाएको छ ।
आयोजनाको शेयरमा आवदेन दिन चाहनेका लागि छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिनुपर्नेछ । स्थानीयले न्युनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने कम्पनीले कम्पनीले जनाएको छ  । कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइबीएल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
 
पहिलो चरणमा स्थानीयलाई शेयर निष्कासन गरेर बाँडफाँड गर्ने प्रक्रिया पूरा भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको शेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले निर्माण गरिरहेको आयोजना ९६ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी चैत्रदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

प्रतिक्रिया