भर्खरै

दुुई नगरपालिकाले फोहोरबाट विद्युत उत्पादन गर्दै

  • प्रकाशित मिति : Wed-11-Mar-2020
  • - Admin
title

 
काठमाडौं , फागुन ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा काठमाण्डौ र रौतहटमा फोहोरबाट विद्युत उत्पादन हुने भएको छ । काठमाण्डौको किर्तिपुर र रौतहटको चन्द्रपुर नगरपालिकाले फोहोरबाट विद्युत उत्पादन गर्ने भएका हुन् । 
फोहोरबाट विद्युत उत्पादन गर्ने आयोजना सञ्चालन गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन  केन्द्र र दुवै नगरपालिका बीच समझदारी भएको छ । 
केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र किर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले  समझदारी पत्रमा हस्ताक्षर गरेका छन््  । यस्तै, केन्द्र र चन्द्रपुर नगरपालिकाबीच भएको समझदारीमा पनि अधिकारी र नगर प्रमुख कृष्णप्रसाद सिग्देलले हस्ताक्षरका छन्  ।  केन्द्रले  नगरपालिकामा फोहोबाट विद्युत उत्पादन गर्ने प्रविधि जडान गर्न आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 
निर्देशक अधिकारीले  फोहोरबाट विद्युत उत्पादन हुँदा फोहोर व्यवस्थापन हुनुका साथै विद्युत उपभोग पनि गर्न सकिने बताए । उनले फोहोरबाट विद्युत उत्पादन गर्न देशभरका ४० नगरपालिकासँग समझदारी गरी कार्यान्वयन प्रक्रिया अघि बढेको बताए ।  उनका अनुसार ७ आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्् ।
किर्तिपुरका नगर प्रमुख महर्जनले विद्युत उत्पादन गर्न सकेमा फोहोरको सही व्यवस्थापन हुने बताए । नगरपालिकाको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले पनि विद्युत उत्पादन आयोजना सञ्चालन गर्नु नै उत्तम विकल्प भएको बताए । 
यस्तै,  प्रमुख चौधरीले पूर्वपश्चिम राजमार्गको ट्रान्जिट मानिने चन्द्रपुरमा शहरीकरणका कारण बढ्दो फोहर व्यवस्थापन गर्न विद्युत उत्पादनको तयारी गरेको बताए । अध्ययनपछि नगरपालिकाको फोहोरबाट कति विद्युत उत्पादन गर्न सकिन्छ भन्ने टुङ्गो लाग्ने केन्द्रले जनाएको छ । केन्द्रले विश्व बैंकको सहयोगमा  सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत दुवै नगरपालिकामा जडान हुने प्रविधिका लागि कूल लागतको ४० प्रतिशत अनुदान दिनेछ । ६० प्रतिशत लगानी निजी क्षेत्रले जुटाउनेछ ।
डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने आयोजनाको अवधि २० वर्षको हुनेछ । निजी लगानीकर्ताले २० वर्ष सञ्चालन गरेपछि आयोजना नगरपालिका नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ ।

प्रतिक्रिया