भर्खरै

प्रसारण लाइन निर्माणको अभावमा तीन आयोजनाको बिजुली खेर जाँदै

  • प्रकाशित मिति : Wed-11-Mar-2020
  • - Admin
title
 
काठमाडौं ,फागुन  । प्रसारण लाइन निर्माणमा ढिलाई भएको कारण जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भईरहेको  १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजना र १४.८ मेगावाटको माथिल्लो सान्जेनको जलविद्युत आयोजनाको विद्युत् खेर जाने अवस्था आएको हो । 
यी आयोजनाहरुको विद्युत खेर जाने लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई प्रसारण लाइन निर्माण तीव्र गतिमा अघि बढाउन निर्देशन दिएको छ । प्राधिकरणले ठेकेदार कम्पनीलाई काम गर्ने भए इमान्दारिताका साथ गर्न, अन्यथा मार्ग प्रशस्त गर्न प्रसारण लाइन निर्माणको जिम्मा पाएका चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीलाई चेतावनी समेत दिएको छ । 
 
प्राधिकरणले ठेकेदारकै कारण लामो समयसम्म परियोजनालाई समस्यामा पार्न नसकिने भन्दै कुनै पनि बाहानामा समस्या मात्रै थप्ने काम नगर्न ठेकेदार कम्पनीलाई चेतावनी दिएको छ । समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले प्रसारण लाइन निर्माणस्थलको स्थलगत अनुगमन गरेका छन् । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका ती तीन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे–त्रिशूली २२० केभी क्षमताको प्रसारण लाइनमा जोडिन्छ भनिएता पनि प्रसारण लाइन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको कार्यसम्पादन प्रभावकारी नभएका कारण समस्या देखिएको हो । ठेकेदार कम्पनीको कमजोर कार्य सम्पादनका कारण आयोजनाको निर्माण ढिलाई भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago