विद्युत सर्ट भई आगालागि हुँदा तीन लाख बराबारको क्षती
- प्रकाशित मिति : Fri-13-Mar-2020
- - Admin

सर्लाही, फागुन । सर्लाहीको धनगढस्थित एक घरमा विद्युत सर्ट भई आगालागी हुँदा तीन लाख २५ हजार रुपैँया बराबरको क्षति भएको छ । बसबरीय गाउँपालिका ५ धनगढाका राजन प्रसाद साहको एक तले घरमा विद्युत सर्ट भई आगालागी भएको हो ।
आगालागीका कारण घरभित्र रहेका कपडा, विद्युतीय सामग्री लगायत अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लौकठ हीरापुरले जनाएको छ ।