भर्खरै

सोलारबाट ८ मेगावाट बिजुली, वैशाखसम्म राष्ट्रिय ग्रिडमा जोडिने

  • प्रकाशित मिति : Thu-03-Dec-2020
  • - पत्रपत्रिकाबाट
title
रुपन्देही , फागुन  । निजी कम्पनीले सोलार प्लान्टबाट ८ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादन अन्तिम चरणमा पु¥याएको छ । तिलोत्तमा नगरपालिका–६ पुरानो सडक नजिक २६ बिघा जमिनमा रिडी हाइड्रो पावर कम्पनीले ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टमार्फत विद्युत् उत्पादन गर्न लागेको हो ।
 
सोलार ऊर्जाबाट विद्युत् निकाली राष्ट्रिय ग्रिडमा जोड्न लागेको यो निजी क्षेत्रकै ठूलो व्यावसायिक उत्पादन हो । सरकारी क्षेत्रबाट विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको ग्रिडमा आबद्ध सोलार आयोजनामा काम गरिरहेको छ । त्यसले पनि वैशाखभित्रै १५ मेगावाट उत्पादन गर्ने तयारी गरेको छ । बाँकी १० मेगावाटको काम सुरु गर्दै छ ।
 
कम्पनीले उत्पादन गरेको बिजुली विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । कम्पनीले ३ सय ३० वाट सोलार ऊर्जा क्षमताका ३२ हजार पातामार्फत उत्पादन गरेको बिजुली शुद्धोधन गाउँपालिकास्थित विद्युत् सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
कम्पनीले सुरुमा योगिकुटी सबस्टेसनमा जडान गर्ने गरी सम्झौता गरेको भए पनि घना बस्तीका कारण त्यो सम्भव नभएकाले अहिले अमुवास्थित सबस्टेसनमा जडान गर्ने गरी काम भइरहेको प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलका प्रमुख नवराज सुवेदीले बताए । ‘आयोजना आफैंले ३३ केभीए प्रसारण लाइन विस्तारको काम पनि गरिरहेको छ,’ उनले भने, ‘विद्युत् उत्पादन हुनासाथ अमुवामार्फत राष्ट्रिय लाइनमा जोडिनेछ ।’ त्यसका लागि काठमाडौंमै पीपीए सम्झौता भइसकेको उनले जानकारी दिए ।
 
कम्पनीले विद्युत् उत्पादनका लागि मणिग्रामकै शान्ति नमुना माविको २६ बिघा जग्गा ३० वर्षका लागि लिजमा लिएर काम थालेको हो । सोलार पाता जडानको काम ९५ प्रतिशत सकिएको छ । सोलार पाताबाट उत्पादन हुने डीसी ऊर्जालाई एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० इन्भर्टर जडान गरिएको छ । इन्भर्टरबाट आएको विद्युत् ८ दशमलव ५ एमबीए क्षमताको ट्रान्सफर्मरबाट स्पेट अप गरेर राष्ट्रिय लाइनमा जोडिने रिडी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए । ‘हामीले निर्माण सुरु गरेको चार महिनामै विद्युत् उत्पादन गर्दै छौं,’ उनले भने, ‘वैशाख दोस्रो सातादेखि विद्युत् बिक्री सुरु हुन्छ ।’
८ मेगावाट क्षमताका हाइड्रो पावर निर्माण गर्न कम्तीमा चार वर्ष लाग्ने भए पनि सोलार प्रविधिको विद्युत् कम्पनीले चार महिनामै उत्पादन गरेर बिक्री सुरु गर्न लागेको उनको भनाइ छ । सोलार प्लान्टबाट कम्पनीले प्रतिमेगावाट ८ करोडमा विद्युत् उत्पादन गर्दै छ ।
सोलार प्यानल भएकाले यहाँको विद्युत् दिउँसोमा मात्र उत्पादन हुनेछ । ब्याट्री नराखी सिधै इन्भर्टरमा जोडिएकाले घाम लागेका बेला मात्र विद्युत् उत्पादन हुने र उत्पादित विद्युत् सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका इन्जिनियर कुशल न्यौपानेले बताए ।
 
कम्पनीले उत्पादन गरेको सोलार बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न आयोजना आफैंले झन्डै नौ किलोमिटर प्रसारण लाइन बनाउन पनि थालेको छ । ‘सोलार पाता जोडेर अहिले इन्भर्टर र ट्रान्सफर्मर कनेक्सनको काम भइरहेको छ,’ उनले भने, ‘अन्य समस्या नआए वैशाख दोस्रो साता नै विद्युत् उत्पादन सुरु हुन्छ ।’ रिडी हाइड्रो पावर कम्पनीले यसअघि गुल्मीको रिडी खोलाबाट २ दशमलव ४ मेगावाट क्षमताको विद्युत् उत्पादन गरेको थियो । कम्पनीले प्लान्टबाट वार्षिक रूपमा १ करोड ४५ लाख युनिट विद्युत् उत्पादन सुनिश्चित (ग्यारेन्टेड इनर्जी) आपूर्ति गर्ने गरी प्राधिकरणसँग सम्झौता गरेको छ । यहाँबाट दैनिक नौघण्टा विद्युत् उत्पादन हुनेछ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमेलगायत अर्धजलाशययुक्त आयोजनामा दिउँसोमा पानी संकलन गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ ।
कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago