भर्खरै

कोरोनाले इन्डक्सन चुलोको माग ह्वात्तै बढ्यो

  • प्रकाशित मिति : Sun-15-Mar-2020
  • - रासस
title
काठमाडौं, चैत  । कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् ।
 
कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ग्यासको विकल्पका रुपमा रहेको चुलोको माग बढेको बताए । उनका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् । कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा  घुम्ती बिक्री केन्द्रमा चुलो बेच्ने गरेको छ ।
 
 ‘पहिलेभन्दा कोरोनाको हल्लाले ग्यास नपाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्’, उनले भने,  ‘दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।’
 भूकम्पका बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको चुलो अहिले पनि संकटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो ।
 
भूकम्प र भारतीय नाकाबन्दीमा विक्री भएको चुलो त्यस यता त्यति विक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य रू.४ हजार पर्छ । पहिले चुलोको मूल्य रू. ११ हजार तोकिए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर रू.४ हजार कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिए । 
 
चुलोमा  आवश्यकताअनुसार २०० वाटदेखि १ हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ । चुलोसँगै एउटा कराही पनि सित्तैमा उपलब्ध हुने उनले जानकारी दिए । ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago