भर्खरै

भरतबाट हुँदै आएको विद्युत आयात ३३ प्रतिशतले घट्यो

  • प्रकाशित मिति : Mon-16-Mar-2020
  • - Admin
title
काठमाण्डौ, चैत । आर्थिक वर्ष २०७५ र ७६ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा  करिब ३३ प्रतिशत भारतबाट हुने  विद्युत आयात कम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ विषयक अध्ययन प्रतिवेदन अनुसार सो अवधिमा कूल ३२.९ प्रतिशतले विद्युत आयात घटेको हो । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत खरिद भएको छ । 
सरकारले ऊर्जा क्षेत्रलाई  प्राथमिकतामा राखेको र देशभित्रै आन्तरिक उत्पादन बढ्दै गएको, कारण पनि विद्युत आयात कम भएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल विद्युत जडित क्षमता समेत बढेर एक हजार ३०० मेगावाटको हाराहारीमा पुगेको छ । 
चालु आवको ६ महिनाको अवधिमा मात्रै कूल १३० मेगावाटको हाराहारीमा विद्युत थप भएको छ । हिँउदको समयमा अपुग भएको विद्युत मात्रै आयात गरिएको छ । देशभित्रै ऊर्जाको स्रोत बढ्दै गएको कारण पनि आयातमा कम भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म माथिल्लो तामाकोशी लगायत आयोजनाबाट एक हजार ३०० मेगावाट विद्युत थप गर्ने सरकारको योजना छ ।
 
कोरोना भाइरसका कारण केही आयोजनामा समस्या समेत उत्पन्न भएकाले तत्कालै सरकारको लक्ष्य पूरा हुने कि नहुने भन्नेमा आशङ्का पैदा भएको छ । यस्तै वर्षाको समय भएर पनि आन्तरिकरुपमा नै विद्युत उत्पादन समेत बढी हुँदा आयात कम भएको बताइन्छ । सो अवधिमा विद्युत आयात मात्रै नभई कूल ६८ करोड बराबरको विद्युत निर्यात समेत भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार नेपालभित्रै विद्युत उत्पादनको क्षमतामा वृद्धि भइरहेकाले पनि विद्युत आयात अझै कम हुँदै जाने देखिन्छ । आगामी वर्षमा ठूला परियोजना सञ्चालनमा आउने हुनाले पनि विद्युत व्यापार नेपालको पक्षमा हुने देखिएको बैंकको निष्कर्ष छ ।
 
गत वर्षको समयमा नेपालले बढी भएको विद्युत भारत निकासी गरेको थियो । नेपाल विद्युत प्राधिकरणका अनुसार इनर्जी बैंकिङको योजनालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ गत साउनदेखि भदौको दोस्रो सातासम्म कुलेखानी जलाशय लगायत आयोजनाको विद्युत रक्सोल–परवानीपुर १३२ केभी प्रसारण लाइन मार्फत निर्यात गरिएको थियो । यस्तै नेपालले ढक्लेबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनका अलावा अन्य ११ विन्दुबाट विद्युत आयात गरिएको छ । 
बैंकका अनुसार आर्थिक वर्ष २०७१र७२ मा रु नौ अर्ब ६६ करोड, आव २०७२र७३ मा रु १३ अर्ब १२ करोड, आव २०७३र७४ मा रु रु १६ अर्ब ५८ करोड, आव २०७४र७५ मा रु १४ अर्ब ६७ करोड, आव २०७५र७६ मा रु २१ अर्ब ३१ करोड बराबरको विद्युत आयात भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago