भर्खरै

प्रसारण लाइनको मार्ग परीवर्तन गर्न माग गर्दै स्थानीय आन्दोलनमा

  • प्रकाशित मिति : Tue-17-Mar-2020
  • - Admin
title
तेह्रथुम, चैत  । तेह्रथुमको तीनजुरेमा निर्माण हुन लागेको कोसी करिडोर २ सय २० केभिए विद्युत प्रशारण लाइनको मार्ग परिवर्तनका लागि तेह्रथुमबासी आन्दोलनमा उत्रिएका छन्  । प्रशारण लाइन निर्माणले नकरात्मक प्रभाव पार्ने भन्दै स्थानीबासी आन्दोलनमा उत्रिएका हुन् । 
यस क्षेत्रमा रहेको जंगलको बीचबाट प्रसारण लाइन बिस्तार हँुदा हजारौ गुराँस काट्नुपर्दा पानीका मुहान सुक्ने भन्दै स्थानीयबासीले कोसी करिडोर पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलन सुरु गरेका हुन् ।
आयोजना बिस्तार भए हजारौ गुराँसका रुख काटिए तीन दर्जन बढि पानीको मुहान सुक्ने संघर्ष समितिका अध्यक्ष युकबहादुर बस्नेतले बताए । मुहान सुक्दा नगरपालिका क्षेत्रका दर्जनौं बस्ती सुक्खाग्रस्त हुने निश्चित  रहेको उनले जानकारी दिए । खानेपानीको चरम समस्या भएपछि मुलुकका दस नमुना शहर मध्येको बसन्तपुर बजारको अस्तित्व नै संकटमा पर्ने उनको भनाई रहेको थियो । मार्ग परिवर्तनका लागि पटक पटक आयोजना समक्ष आग्रह गरेपनि सुनुवाई नभएपछि संरक्षणका लागि लागीगुराँस नगरपालिका र स्थानीय सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
आयोजनाले धनकुटा र तेह्रथुममा पोल गाड्ने तथा तार जडान गर्ने कार्य सुरु गरेको छ । विद्युत प्रशारण लाइन विस्तारका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका हजारौ रुखहरु काटिँदा यस क्षेत्रकोे जैविक विविधता नष्ट हुने तथा पर्यटकीय आकर्षण खस्कने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । 
आयोजनाले नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक शाखामार्फत प्रारम्भिक वातावरण परीक्षण (आइईइ) २०७३ जेठ २ गते लिएको भएपनि हालसम्म उक्त प्रतिवेदन सार्वजानिक नगरेको मेयर माबोहाङले जानमकारी दिए । वातावणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्थानीय सरकार, सामुदायिक वन, आदिवासी जनजातिजस्ता सरोकारवाला माझ सार्वजानिक नगरिएको भन्दै आयोजनाप्रति स्थानीय रुष्ट छन् ।
 
विद्युत् प्रसारणलाइन विस्तारले यस क्षेत्रमा क्षति पु¥याउने भएकाले लालीगुराँस नगरपालिकाले उर्जा र वन मन्त्रालयमा समेत ध्यानाकर्षण गराएको छ । स्थानीय सरकारसँग समन्वय नगरीएकाले आयोजनाको काम तत्काल रोक्नुपर्ने नगर प्रमुख माबोहाङले बताए । ताप्लेजुङको तमोर र मेवाखोलामा उत्पादित विद्युत तेह्रथुम बसन्तपुरको टुटे सव–स्टेशन हुँदै सुनसरीको इनरुवामा रहेको केन्द्रीय विद्युत् आयोजनाको सवस्टेसनमा जोड्न कोसी करिडोर प्रसारण लाइन बिस्तार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago