कोरोनाको प्रभावले उपभोक्ता ठगिदैं

  • प्रकाशित मिति : Wed-18-Mar-2020
  • - रुपा तुलाधर
title

 
विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण जनजीवन  प्रभावित भइरहेको छ । विश्वका ठूला ठूला शहरहरुमा लक डाउन गरिएको छ । यातायात,  ठूला  ठूला एयरपोर्ट समेत बन्द भएको छ । कोरोना भाइरस एक सय २४ देशमा फैलिसकेको छ ।
 
कोरोनाका कारण विश्वको अर्थतन्त्रमा ठूलै धक्का पुगेको छ । कोरोनाका कारण अन्र्तराष्ट्रिय सेमिनार, खेल, बैठक लगायतका कार्यक्रमहरु बन्द भएका छन् । कोरोना संक्रमणले विश्वभर महामारीको रुप लिएको छ । 
कोरोनाकै प्रभावका कारण विश्व बजारमा दैनिक उपभोग्य वस्तुको अभाव बढेको छ । अमेरिका र बेलायतका  लगायतका विकसित देशमा समेत कोरोनाका कारण सुपरमार्केटमा ट्वाइलेट पेपरको अभाव सिर्जना भएको थियो । यसको प्रभावका कारण दैनिक उपभोग्य वस्तुको अभाव र महँगी संसारका धेरै देशमा देखिएको छ । 
नेपालमा पनि कोरोनाको त्रास र त्यसको प्रभावका कारण  बजारमा दैनिक उपभोग्य वस्तुहरुको अभाव देखिन थालेको छ । नुन, चिनी, चामल, ग्यास, पेट्रलियम पदार्थ लगायतका  दैनिक उपभोग्य वस्तुहरुको अभाव देखिन थालेको छ । कोरोनाको प्रभावबाट बच्नका लागि प्रयोग हुने माक्स, ह्याण्ड सेनिटाइजको भने अभावका साथै कालोबजारी बढेको छ । व्यवसायीहरुले अभाव सिर्जना गरेर महंगो मूल्यमा समान बेच्ने गरेका छन् । 
विभिन्न समयमा मौका अवसर पारेर व्यवसायीहरुले उपभोक्ताहरु ठगिरहेका छन् । कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन सामानको खुलमखुला बिक्री भइरहेको छ । 
अहिले कोरोना भाइरसको त्रासका कारण  उपभोक्ताले पनि  उपभोग्य सामग्रीहरु स्टकमा राख्न खोज्दा बजारमा त्यसको माग बढी भइरहेको छ भने व्यवसायीहरुले कृतिम अभाव सिर्जना समेत गरी रहेका छन्, रातारात सामानको मूल्य बढाएका छन् । गुणस्तरहीन र ‘लेबल’ नभएका सामान बेच्न थालेका छन् । अहिले  मास्क  र स्यानिटाइजर लगायत विभिन्न प्रकारका औषधिमा उपभोक्ता ठगिएका छन् । 
सरकारले कालोबजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने व्यवसायीलाई अनुगमन गरी तत्काल कारर्वाही गरेको भने तापनि उपभोक्ताले साधारण मूल्यमा सामान पाएका छैनन् । 
नेपालमा माग कति हो, आपूर्ति कति भइरहेको छ, देशमा उत्पादन कति छ, कुन वस्तुको आयातकर्ता को हो लगायतका  विषयमा सरकारसँग जानकारी नहुँदा उपभोक्ताहरु सधैं ठगिमा परेका छन् । 
साल्ट ट्रेडिङ कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छ । साल्ट टे«डिङले अझै १० महिनालाई पुग्ने खाद्यान्न रहेको भने पनि उपभोक्तामा फैलिएको त्रास, र व्यवसायीले पाएको मौका कारण बजारमा अभाव सिर्जना भएको छ । 
अहिले वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरिरहेको दाबी गर्छ । यति ठूलो शहरमा दैनिक ५÷७ वटा फर्म र पसलमा अनुगमन हुन्छ । एक त विभागको अनुगमन नै प्रभावकारी छैन । अनुगमन गरेपछि व्यापारीलाई उसले गरेको अपराध अनुसारको सजाय र जरिवाना पनि हुन सकेको छैन । 
व्यापारीले  सयौँ गुणा महंगोमा सामान बिक्रि गर्ने गरेको छ  । बजार अनुगमन गरेर ठगि गरेको पाए पनि  विभागले दुई लाख रुपैयाँ जरिवाना तिराएर छाड्छ । कालाबजारी गरी महंगो मूल्यमा सामान बिक्रि गर्ने व्यवसायीका लागि दुई लाख जरिवाना ठूलो विषय होइन, व्यवसायी छुटे लगतै पुन त्यसरी नै सामान बिक्रि गर्न थाल्दछ । यस कारण जरिवाना मात्र समस्या समाधानको विषय होइन । जेल सजाय  समेत हुनुपर्दछ ।   
त्यस्तै उपभोक्ताको पनि हल्लाको भरमा घरमा सामान ल्याएर थुपार्ने, बढी मूल्य तिर्ने जस्ता काम गरी रहेका हुन्छन् ।  यसले बजारमा माग बढ्ने हुँदा  व्यापारीहरुले मनपरी ढंगले मूल्य निर्धारण गर्ने गर्दछन् ।  उपभोक्ता हल्लाको पछि लाग्नु हुँदैन भने चाहिन ेभन्दा धेरै सामान किनेर घरमा स्टक राख्नु पनि उपयुक्त हुँदैन । दाल, चामल, नुन तेललगायतका वस्तु किनेर स्टक राखे पनि ति उपभोग्य वस्तुको  मिति गुज्रने, गुणस्तर नष्ट हुने  हुँदा त्यस्ता सामग्री उपभोगले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । तसर्थ उपभोक्ता हल्लाको पछि लाग्नु हुँदैन । 

प्रतिक्रिया