भर्खरै

सुपर दोर्दी “ख” आयोजनाको ८५ प्रतिशत काम सम्पन्न

  • प्रकाशित मिति : Wed-18-Mar-2020
  • - Admin
title

 
लमजुङ,  चैत्र । पूर्वी लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीको ताँजेमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ । २०७७ असार मसान्त सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजनाको हाल ८५ प्रतिशत काम सम्पन्न भएको हो । 
  सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीको बेंसीसहरमा आयोजित पाँचौं साधारणसभा कार्यक्रममा सो जानकारी गराइएको हो । कम्पनीलाई पिपुल्स हाइड्रो कम्पनी लिमिटेडमा गाभ्ने निर्णय समेत कार्यक्रममा भएको छ ।   पिपुल्स हाइड्रो कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले शेयरधनीले सञ्चालकप्रति व्यक्त गरेको आशालाई कार्यान्वयनमा ल्याउन क्रियाशील रहेको बताए । 
कार्यक्रममा सुपर दोर्दी इन्भेस्टमेन्ट कम्पनीका सल्लाहकार जमिन्द्रमान घलेले नेपाली पुँजी, प्रविधि र जनशक्तिद्धारा निर्माणाधिन सो आयोजना गौरव गर्न लायकको आयोजना रहेको बताए । उनले यसको अधिकांश निर्माण संरचना अन्डरग्राउन्ड रहेको जानकारी दिए । पिपुल्स हाइड्रो कम्पनीका सञ्चालक केशवबाबु रायमाझीले कम्पनीको समग्र वस्तुस्थिति बारे जानकारी दिएका थिए ।
आयोजना निर्माण खर्चमा ३० प्रतिशत रकम जिल्लावासीले र ७० प्रतिशत रकम सानिमा बैंकको अगुवाइमा ७ वटा बैंकले लगानी गरेका छन् । सञ्चालक रायमाझीले अबको एक वर्षमा शेयरधनी सबैको उपस्थितिमा उत्सवका साथ कम्पनीले बत्ती बाल्ने र यसको प्रतिफलले सबै शेयरधनीलाई उत्साहित बनाउने बताए ।  
८ अर्ब ८० करोडको स्वदेशी लगानीमा निर्माण भइरहेको छ । आयोजनाको सुरुङ खन्ने काम ७५ प्रतिशत सकिएको छ । सुरुङको हेड रेस ५.१ किलोमिटर रहेको छ । आयोजनामा सिभिलतर्फ हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सन, बज्रगुरु कन्स्ट्रक्सन र बिपिसी कम्पनीले काम गरिरहेका छन् । आयोजना निर्माण भएपछि उत्पादित विद्युत् लमजुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । 

प्रतिक्रिया