भर्खरै

रुकुमगाड आयोजनाको ६० प्रतिशत काम सम्पन्न

  • प्रकाशित मिति : Thu-19-Mar-2020
  • - Admin
title

 
रुकुमपूर्व, चैत ।  पाँच मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजनाको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । २०७५ साल देखि निर्माण कार्य सुरु गरीएको सो आयोजनाको कामले तिव्रता पाए सँगै  ६० प्रतिशत काम सम्पन्न भएको हो ।
 
आयोजनाको सिस्ने गाउँपालिका–५ देउराली ओडारनजिक विद्युतगृह निर्माण भइरहेको छ । सिस्ने–५ चोरखोलामा बनाइएको ड्यामबाट नहर निर्माण गरेर देउराली ओडार पुर्‍याइएको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना निर्माण गरीरहेको छ ।
 
आयोजनाको हेडवर्कसमा ७०, पाइपलाइनमा ७५, विद्युत्गृहमा १५, इलेक्ट्रोनिक मेकानिकलमा ४०, हाइड्रोलिक मेकानिकलमा ६०, प्रसारण लाइनमा ५० र अन्य विभिन्न काम ९० प्रतिशत सकिएको राप्ती हाइड्रोले जनाएको छ ।
 
 
विद्युतगृहदेखि सबस्टेसनसम्मको ट्रान्समिटर लाइन सर्भे सकिन लागेको  राप्ती हाइड्रोका प्रतिनिधि किरणशंकर घिमिरेले जानकारी दिए । देउरालीओडारदेखि रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–३ धैरेनीचौरसम्मको दूरी २० किमि छ । विद्युत प्राधिकरणले धैरेनीचौरमा बनाउने सबस्टेसनमा रुकुमगाडको विद्युत जडान गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् २० किमि टाढाबाट वितरण हुन घिमिरेले जानकारी दिए । आयोजना निर्माण २०७७ को पुससम्म पूरा गर्ने सम्झौता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago