भर्खरै

बिजुलीको बिल तिर्न ढिला भए जरिवाना नलाग्ने

  • प्रकाशित मिति : Thu-19-Mar-2020
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ,चैत ।  सरकारले सरकारी कार्यालयमा भिडभाड कम गर्न बिजुली, यातायात र मालपोतमा लाग्ने जरिवाना वापतको शुल्क मिनाह गर्ने भएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले पछिल्ला समयमा गरेका निर्णय लागू गर्ने क्रममा यस्तो निर्णय गरेको हो ।
 
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले विलम्ब शुल्क लाग्ने अवस्था भएमा सरकारले मिनाह गर्ने व्यवस्था मिलाउने आग्रह गर्दै भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
 
बुधबार मात्रै सरकारले २५ जना भन्दा बढी एक ठाँउमा भेला नहुन  निर्देशन दिएको थियो । बिलम्ब शुल्क नलाग्ने भन्दै मालपोत, विद्युत र यातायात लगायतमा शुल्क बुझाउन हतार नगर्न आग्रह गरेको अधिकृत पोखरेलले बताए ।

प्रतिक्रिया