भर्खरै

पेट्रोलियम पदार्थको अभाव छैन : उद्योग मन्त्री भट्ट

  • प्रकाशित मिति : Thu-19-Mar-2020
  • - रुपा तुलाधर
title

 
काठमाण्डौ, चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालमा पेट्रोलियम पदार्थको अभाव नभएको बताएका छन् । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्री भट्टले कोरोनाको प्रभाव परिरहेको अहिलेको अवस्थामा खाद्यान्न अभाव हुने त्रास जनतामा फैलिएको भए पनि खाद्यान्न अभाव नहुने बताए ।
 
 हाल  करिव ४ देखि ६ महिनालाई पुग्ने खाद्यान्न रहेको उनले जानकारी दिए । उनका अनुसार नाकामा आवतजावत बन्द भए पनि दैनिक उपभोग्य सामग्री प्रत्येक १४÷१४ दिनमा आयात गर्ने बताए । उनले १० महिनालाई पुग्ने नुन, चिनी रहेको जानकारी दिए । आपूर्ति व्यवस्थालाई चुस्त बनाउँदै लैजाने बताउँदै उनले हाल खाना पकाउने ग्यासको माग २९ हजार मेट्रिक टन भएकोमा ४५ हजार मेट्रिक टन ग्यास रहेकाले ग्यासको अभाव नरहेको बताए । 
 व्यवसायीहरुले बजारमा कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा आवश्यक कारर्वाही गर्ने  बताउँदै उनले काठमाण्डौ उपत्यकाका पाँच स्थानमा  नेपाल व्यापार तथा खाद्यान्न लिमिटेडले सुपथ पसल सञ्चालन गर्न लागेको बताए । खाद्यान्न लिमिटेडले इन्डक्सन चुहे बिक्रि वितरण गर्ने पनि उनले जानकारी दिए । त्यस्तै उपभोक्ताहरुलाई खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक रुपमा खरिद गरी स्टक नराख्न समेत आग्रह गरे । 
 
त्यस्तै सञ्चार तथा सुचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण आर्थिक पक्षमा भएको क्षतिको पूरण गर्न विभिन्न योजना ल्याउन लागेको बताए । संक्रमण फैलन नदिन वैदेशिक रोजगारमा रोक लगाएको र वैदेशिक रोजगारमा जान नपाएका श्रमिकहरुले श्रम गर्न चाहेमा श्रम मन्त्रालय अन्र्तगत प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन पाउने जानकारी दिए । कोरोनाका कारण पर्यटन क्षेत्रमा असर परेको भए पनि यसले अर्थतन्त्रमा ठूलो असर नपार्ने उनले बताए । देशको आर्थिक विकासमा पर्यटन क्षेत्रले कुल जिडिपिको ३ प्रतिशत मात्र रहेको बताए । उनका अनुसार ठूलो वित्तिय समस्या आउने अवस्था नरहेको जानकारी दिदंै बैकहरु सँग थप ६० देखि ७० अर्ब रुपैयाँ थप लगानी योग्य रकम रहेको बताए । 

प्रतिक्रिया