भर्खरै

फागुन र चैत महिनामा खपत गरेको बिलमा १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई २५ प्रतिशत महसुल छुट

  • प्रकाशित मिति : Mon-30-Mar-2020
  • - Admin
title

 काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित जनताका लागि विद्युत महसुलमा २५ प्रतिशत छुट दिने गरी राहत प्याकेजको घोषणा गरेको छ । आइतबार बसेको मन्त्री परिषद बैठकले १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताका लागि राहत प्याकेजको घोषणा गरेको हो ।आइतबारको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणका करिव ४० लाख ग्राहकका लागि फागुन र चैतको बिलमा २५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । सरकारको घोषणा अनुसार नेपाल विद्युत प्राधिकरणले १ देखि १ सय ५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि फागुन र चैत महिना बिलमा छुट दिनेछ । कम विद्युत खपत गर्ने घरायसी ग्राहकलाई लक्षित गरी महसुलमा छुट दिने प्याकेजको घोषणा गरिएको हो । सरकारी घोषणा अनुसार यो श्रेणीमा पर्ने ग्राहकले फागुन र चैत महिनामा खपत गरेको बिलमा उठेको रकममा २५ प्रतिशत छुट दिएर महसुल असुल गरिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सरकारले घोषणा गरेको राहत प्याकेजअनुसार नै प्राधिकरणले ग्राहकलाई विद्युत महसुलमा छुट दिन्छ,’उनले भने,‘ग्राहकलाई छुट दिएको रकम सरकारले दिने हुँदा प्राधिकरणलाई वित्तीय भार थपिँदैन ।’ सरकारले फागुन र चैत महिनाको महसुल बैशाख मसान्तसम्म बुझाउँदा जरिवाना नलाग्ने गरीएको राहत विद्युतका ग्राहकलाई छुट दिने निर्णय हिजोको मन्त्रिपरिषद् बैठकले गरेको छ । स्रोतः ऊर्जा खबर

प्रतिक्रिया