भर्खरै

खाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ

  • प्रकाशित मिति : Mon-30-Mar-2020
  • - Admin
title
खाद्य व्यवस्था कम्पनी भन्छ— दैनिक चार सय इन्डक्सन चुलो बिक्री भइरहेको छ
 
काठमाडौँ — बजारमा ग्यास अभाव देखिएपछि सर्वसाधारण इन्डक्सन चुलोतर्फ आकर्षित भएका छन् । कोरोना संक्रमणले ग्यासमा समस्या हुने आकलन गर्दै सर्वसाधारण विद्युतीय किन्नेतर्फ लागेका हुन् ।
 
उपत्यकामा दैनिक साढे ३ सयदेखि ४ सय वटा बिक्री भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी दिएको छ। उपत्यका बाहिरबाट पनि माग आइरहेको कम्पनीका सहायक विभागीय प्रबन्धक धर्मकुमारी राजवंशीले बताइन्। 
‘ग्यासको समस्याले दैनिक साढे ३ देखि ४ सय वटासम्म बिक्री भइरहेको थियो। लकडाउनले हिँडडुलमा समस्या भए पनि बिक्री घटेको छैन,’ उनले भनिन्। सर्वसाधारणको पहुँचका लागि घुम्ती सेवामार्फत बिक्री गरिरहेको उनले बताइन्। बजारमूल्यभन्दा केही सस्तो भएकाले पनि सर्वसाधारणले चुलो किनिरहेको कम्पनीका बिक्री वितरण विभागका विभागीय प्रमुख लालमोहन ठाकुरको भनाइ छ। कम्पनीले इन्डक्सन चुलोको मूल्य ४ हजार रुपैयाँ तोकेको छ। 
चुलो खरिदमा एउटा कराई पनि दिइएको छ।
 
यीबाहेक इन्डक्सन चुलोमा स्टिलका भाँडा पनि प्रयोग गर्न सकिन्छ, जसले गर्दा पनि सर्वसाधारणले खरिद गरेको उनको भनाइ छ। ‘बजारमा १२ हजार रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘तुलनात्मक रूपमा कम्पनीले बिक्री गर्ने चुलो बलियो छ।’
भारतीय नाकाबन्दीका बेला चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो। चिनियाँ सरकारले केरुङ नाकाबाट १३ सय र हवाई मार्गबाट ल्याएर १० हजार चुलो उपलब्ध गराएको थियो। हवाई मार्गबाट ०७२ पुस १६ मा चुलो आयात भएको थियो।
 
आयातित चुलो नेसनल ट्रेडिङ लिमिटेडबाट बिक्री गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। 

अनुदानको चुलोको मूल्य ११ हजार ९ सय ९५ रुपैयाँ तोकेको छ। मूल्य बढी भए पनि बिक्री हुन सकेको थिएन। त्यसपछि पटकपटक मूल्य समायोजन गरेर ४ हजार निर्धारण गरिएको थियो। नेसनल ट्रेडिङ खाद्य कम्पनीमा गाभिएपछि अहिले चुलो खाद्यले बिक्री गरिरहेको छ। अहिले ग्यासको अभाव भएपछि चुलोको माग बढेको हो। कम्पनीका अनुसार पोखरा, भोजपुर, विराटनगरलगायतका डिपोबाट पनि माग भइरहेको छ। तर ढुवानीका साधन नहुँदा जिल्लाबाट बिक्री हुन सकेको छैन।
स्रोत ः कान्तिपुर 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago