भर्खरै

२०७७ सालको सरकारी बिदा सार्वजनिक

  • प्रकाशित मिति : Tue-31-Mar-2020
  • - Admin
title

काठमाडौं – नेपाल सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको  सूची सार्वजनिक गरेको छ ।
नेपाल सरकार द्धारा नेपाल राजपत्रमा खण्ड ६९ संख्या ५१ मा चैत १७ गते प्रकाशित गुहमन्त्रालयको सुचनामा  जारी गरेको राजपत्रमा वि.सं २०७७ साल बैशाख १ गते देखि २०७७ चैत मसान्त सम्म  ५२ शनिबार बिदा उल्लेख छ । नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ ।
 
सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ । वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस(राष्टिय दिवस) असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ । यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ ।त्यसैगरि जन्म जयन्ती बिदा अन्र्तगत बुद्ध जयन्ती बैशाख २५ गते विहिबार, किराँत धर्मावलम्बीहरु का लागि मात्र बिदा फाल्गुनन्द जयन्ती कात्र्तिक २५ गते मंगलबार छ भने नेपाली सिख धर्मावलम्बीहरु का लागि मात्र बिदा गुरुनानक जयन्ती मंसिर १५ गते सोमबार दिने निर्णय राजपत्रमा उल्लेख गरिएको छ । 
काठमाण्डौ उपत्यकालाई मात्र बिदाहुने जात्रा बिदा मा साउन २० गते गाईजात्रा,भदौं १६ गते इन्द्रजात्रा ,मत्स्येन्द्र नाथको भोटो देखाउने दिन र चैत २९ गते घोडेजात्रा बिदा दिएको छ ।
 दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ । फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो । कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा दिएको  हिजो प्रकाशित नेपाल राजपत्रमा  जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago