भर्खरै

कोरोना नियन्त्रण सरकारी कोषमा निगमको ५० करोड सहयोग

  • प्रकाशित मिति : Sun-05-Apr-2020
  • - Admin
title
 
काठमाडौैं । नेपाल आयल निगमले कोरोना भाइरस  (कोभिड–१९)  नियन्त्रण कोषमा ५० करोड रुपैयाँ आर्थिक सहयोग गरेकोे छ । निगमले सरकारको कोरोना नियन्त्रण अभियान कार्यमा सघाउन आर्थिक सहयोग उपलब्ध गराएको हो ।
 
सहयोग रकम बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई हस्तान्तरण गरेको निगमले जनाएको छ । निगमका अनुसार सञ्चालक समितिको बुधबार बसेको बैठकले सरकारले खडा गरेको कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
 
कोरोना नियन्त्रणका लागि सरकारले अघि सारेको अभियानका सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराएको निगमद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
 
विगतमा पनि निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ती, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा सामाजिक उत्तरदायित्त्व बोध गरी सहयोग गर्दै आएकोमा कोरोना नियन्त्रणका लागि अभियानमा सहयात्री बन्ने प्रयास गरेको निगमको भनाइ छ ।
स्रोत ः ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago