भर्खरै

विद्युत् प्राधिकरणको नाफा पौने ११ अर्ब

  • प्रकाशित मिति : Sun-05-Apr-2020
  • - भीम गौतम
title
 काठमाण्डौं चैत ।  पाँच वर्ष अघि अर्थात आर्थिक वर्ष २०७१(०७२ मा नेपाल विद्युत् प्राधिकरण ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ घाटामा थियो । २०७२(०७३ मा पनि ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछि भने निरन्तर रुपमा नाफामा छ । आर्थिक वर्ष २०७३(०७४ मा १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको प्राधिकरणले २०७५(०७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा पु(याएको छ । सो नाफा प्राधिकरणको अघिल्लो वर्ष अर्थात २०७४(०७५ वर्षको भन्दा झण्डै ८ अर्ब बढी हो भने प्रक्षेपण गरेको भन्दा साढे तीन अर्ब बढी हो । २०७५(०७६ मा ७ अर्ब ११ करोड ४० लाख नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्ष प्राधिकरण नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफामा थियो ।
 
 
प्राधिकरणका अनुसार, नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा भएका छ । महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले २०७५(०७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ । यो विवरणले सार्वजनिक संस्थानहरुमध्ये प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ ।
प्राधिकरणले २०७५(०७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । २०७४(०७५ मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ थियो । विद्युत् खरिदमा ३४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो । प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाख रुपैयाँमा झरेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७४(०७५ मा प्राधिकरणको जगेडा तथा सञ्चित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो । विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत् आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर नाफा कमाउन सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
“अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता ९पीपीए० गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत् आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदैछ, पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ ।” उनी भन्छन्,“ ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्छ, प्राधिकरणको आगामी दिन अझै सुनौलो छ ।”
स्रोत ः कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago