भर्खरै

सोड नेपालद्धारा ३० घर परिवारलाई राहत वितरण

  • प्रकाशित मिति : Tue-07-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
चैत, काठमाडौं । “ विकासका लागि ऐक्यबद्धता नेपाल ”   नारा लिएको  गरैसरकारी सामाजिक संस्था सोड नेपालले धादिङ्ग  जिल्लाको  थाक्रे गाउँपालिका ८ स्थित फोगटपुरको दलित ,जनजाति, वस्तीका ३० घरका गरिब परिवारहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
 
विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई राहत दिने उदेश्याका साथ  राहत वितरण गरेको हो। दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने थार्के्र गाउँपालिका ८ स्थित फोगटपुरको दलित ,जनजाति, वस्तीका ३० घरका गरिबपरिवारहरु लाई  १५ बोरा चामल,७५ केजी दाल, ६० केजी नुन, २५ लिटर खाने तेल,२५ वटा सावुन लगायत खाद्य सामग्री प्रदान गरिएको यस सोड नेपालका अध्यक्ष ज्ञानप्रसाद श्रेष्ठ ले हामीसँगको कुराकानीमा बताए  ।
 उक्त राहत बितरण कार्यक्रम थार्के्र गाउँपालिका ८  का वडाध्यक्ष  केशव प्याकुरेल  लगायत वडा सदस्य र ३० घरका परिवारहरु सहितको रोहबरमा बितरण गरिएको हो । वडाध्यक्ष  प्याकुरेलको भनाईअनुसार  कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेको १५दिनको अवधिमा राहत बितरण पहिलो र ठूलो धनराशि बराबरको राहत बितरण गरिएको बताए । 
 
नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने मजदुरहरुको लागि खाद्य सामग्री प्रदान गर्न  सोड नेपालका महासचिव ,कार्यसमिति पदाधिकारी एवं सदस्यहरुको सहभागिता बाट  राहत बितरण गरिएको हो ।
 
सोड नेपालले नेपालमा स्वास्थ्य ,शिक्षा र सामाजिक दैविक प्रकोप क्षेत्र अन्र्तगत  गोरखामा निः शुल्क ४ दिने आँखा शिविर संचालन गरिएको, महिला स्वास्थ्य उपचार लगायत दैविक प्रकोप हावाहुरी बाढिपिडित क्षेत्रमा समेत राहात बाड्ने गरेको हुँदा यस क्षेत्रमा पनि आगामी दिनहरुमा  प्रभावकारी ढंगले सहयोग गर्ने  यस सोड नेपालका महासचिव  दयाराम कार्की ले विद्युत संसार लाई बताए ।
 
यस सोड नेपालले अन्य क्षेत्रमा समेत गरिब दिन दूःखीहरुलाई  लकडाउनको अवधिभर  समस्या भएको ठाउँमा पुगेर  राहत बाढ्ने समेत महासचिव कार्कीले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago