" विद्युत सुरक्षा "
- प्रकाशित मिति : Wed-08-Apr-2020
- - ईन्जिनियर एल.आर. तामाङ

विद्युत सुरक्षा दिवस २०७६ का उपलक्ष्यमा कविता
हुरि चल्यो, बिजुलीको पोल ढल्यो की
झिप्प झिप्प हुन्छ बिजुली किन, ट्रान्स्फरमर जल्यो की
विजुलीको झट्कामा लौननी, फेरी कोही प¥यो की ।
बिना क्बाभतथ द्यभति सायद, कोही पोलमा चड्यो की ।
मनन गरौँ है जन, विद्युत सुरक्षामा सबैले चासो
हो नै दुर्घटनाबाट बच्ने, यहि त साँचो
हर एकले हर पल, सचेतन जगाऔँ है
हुनु हुन्न कदापी दुर्घटना, सदैव रोकौँ है ।
सचेत भई प्रयोग गरौँ, सुरक्षा उपकरण साथमा
तवत, हुनेछ है आफ्नो सुरक्षा, आफ्नै हातमा
कहिल्यै नसुकाउँ कपडा ,झुण्डिएको त्यो नागो तारमा
हुदैँन विजुली त्यहाँ भन्ने के ग्यारेन्टी के छ त्यसमा ।
किन चासो लिन्न सरकारी निकाय अझैपनि
जीवनभन्दा ठूलो चाँही केही हुन्न र पनि
नत दियौ सामान भरण पोषण, नत गरिदियौ घाइते विमा
दुर्घटना भईरहेछ दिन प्रति दिन, यहाँ तर पनि वान्दैछौ हात किन ।
हुरि चल्यो, विजुलीको पोल ढल्यो की
झिप्प झिप्प हुन्छ विजुली किन आज, ट्रान्स्फरमर जल्यो की
बिजुलीको लाइनमा फेरी आज, सायद केही प¥यो की
सुरक्षा विना सायद फेरी पोल चड्यो की ।
(लेखक विद्युतीय विज्ञ हुनुहुन्छ)
