भर्खरै

कोरोना भाइरस को कारण विद्युत सुरक्षा दिवस मनाउन सकिएन

  • प्रकाशित मिति : Wed-08-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title

 
 
काठमाण्डौं चैत । नेपाल विद्युत प्राधिकरणर सरोकारवाला निकाय हरुको सहयोगमा विविध कार्यक्रम गरि विद्युतीय सुरक्षा दिवस देशभर मनाउदै  आएकोमा  विश्वभर कोरोना भाइरस(कोभिड-१९) महामारी रोगकोे कारण बिगत १६ दिनदेखि देशभर लकडाउन भएकोले यस बर्ष विद्युत सुरक्षा दिवस मनाउन नसकेको हो ।
 
 विगत बर्षमा ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग देशको समृद्धिमा सहयोग भन्ने मुल नाराहरुका साथ प्रत्येक बर्ष चैत २५ वा २६ गते  प्राधिकरण , सोसाइटी अफ इलेक्ट्रिक इन्जिनियर्स नेपाल र सरोकारवाला निकायहरुको संयुक्त आयोजनामा ७५ जिल्लाका प्राधिकरण कार्यलयमा प्रभातफेरी एवं सहभागीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेर जनचेतनाको र्याली समेत सहभागि हुनेगरेकोमा यस बर्ष सुरक्षा दिवस मनाउन नसकेको सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सामाजिक सञ्जाल बाट यसरी शुभकामना  व्यक्त गरिएको छ जस्ताको तेस्तै ः
 
आज बिद्युतिय सुरक्षा दिवस हो । केहि बर्ष देखी अन्तर्कृया सहित यो दिवस इलेक्टृकल इन्जिनियरहरुको संस्था ुसीन र नेपाल बिद्युत प्राधिकरण भइ मनाउँदै आइएको थियो । यसको उद्देश्य ुदिवस मनाउनेु भन्दा पनि जागरुक बनाउने नैं हो ।
बिद्युतीय सुरक्षामा धेरै ध्यान दिन जरुरी छ । यसको लागी टालटुले काम गरेर होईन, बिशेष फण्ड नै छुट्याउनु पर्छ । यसको नाम बिद्युतीय सुरक्षा कोष हुनुपर्छ । हामी ुइलेक्टृकल सेफटी फस्टु जो भनिरहेका छौं निं, त्यो किनभने जीवन अमुल्य छस अरु सबै चिज को मुल्य हुन्छस जीवन रहे यो संसार देख्न र भोग गर्न पाइन्छस परिवार र मित्रजनसँग सुखदुस्ख साट्न सकिन्छ । त्यसैले बिद्युतीय सुरक्षामा खेलबाड नगरौं, जीवनको मुल्य बुझौं र बुझाऔं ।
कोरोनाको महामारीले गर्दा यो सालको बिद्युतीय सुरक्षा दिवस यस्तै भयो । तर हाम्रा कर्तब्यनीष्ठ साथीहरु जनतालाई बिद्युत सेवा दिन फिल्डमा र शिफ्ट्मा खटिइरहनु भएको छ । हामी उहाँहरुको हौसला बढाउन सलाम गर्न चाहन्छौं । तर बिद्युतीय सुरक्षामा ख्याल गर्नु होला । आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला । यो सोसल डिस्टन्सिङको बेला भए पनि हामी सँगै छौं र फेरी पनि सँगै रहने छौं । बिद्युतीय सुरक्षा दिवसको उपलक्षमा सबैलाई शुभकामना । 
 
त्यसैगरि सीन का अध्यक्ष  ई. दिल्लीरत्न शाक्य बाट दिएको शुभकामना सन्देश ः
आज चैत २६ गते अर्थात बिद्युतीय सुरक्षा दिवस(ELECTRICAL SAFETY DAY) 
तपाईहरु सबैलाई जानकारी भएकै कुरा हो, विगत २३ वर्षदेखि निरन्तर रुपमा क्भ्भ्ल् ले आजको दिन विद्युत प्राधिकरणसँग मिलेर बिद्युतीय सुरक्षासम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रमसहित बिद्युतीय सुरक्षा दिवस मनाउँदै आएको छ । तर यो वर्ष कोरोना भाईरसका कारण भएको लकडाउनका कारण कुनै पनि कार्यक्रम गर्न हामी असमर्थ भयौ । यो वर्ष सीन र प्राधिकरण मिलेर बिद्युतीय सुरक्षासम्बन्धी गोष्ठीका साथै तालिम दिने, सुरक्षा उपकरणहरुको प्रदर्शनीका साथै बिद्युतीय सुरक्षासम्बन्धी ब्यानर टाँस्ने, पम्पलेट वितरण गर्ने र सीनको बुलेटिन प्रकाशित गर्ने योजना बनाएका थियौ तर लक डाउनका कारण यो वर्ष यो सबै सम्भव भएन । यद्यपी सीनको बुलेटिन लकडाउनपछि प्रकाशन हुने सहर्ष जानकारी गराउँदछौ ।
यस पटक बिद्युतीय सुरक्षा दिवस मनाउन नसकिएता पनि सोसम्बन्धी जनचेतना जगाउने कार्यलाई भने निरन्तरता दिने हाम्रो प्रयास जारी नै छ । नेपालमा विद्युतीय सुरक्षासम्बन्धी छुट्टै तालिम सञ्चालन गर्न अत्यावश्यक भैसकेको तथ्यलाई मनन् गर्दै प्राधिकरणको सहकार्यमा बिद्युतसम्बन्धी (EHS Management) तालिम संचालन गर्ने निर्णय गरिएको पनि यहाँहरुलाई सहर्ष जानकारी गराउँदछौं । यसका लागि तालिम केन्द्र खोल्न सीनको कार्यकारी सदस्य ई। दिपक चन्दको संयोजकत्वमा एउटा समितिसमेत गठन गरिएको छ । तालिमलाई सफलतापूर्वक संचालन गर्न समितिलाई आवश्यक सल्लाह र सुझाव प्रदान गर्नुहुन सीन का सबै सदस्य साथीहरुमा हार्दिक अनुरोध समेत गर्दछु ।
 
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले बिद्युत संसार सँगको कुराकानीमा पौड्यालले सधै आफू स्वास्थ रहि सुरक्षित भएर कार्यगर्न सरोकार निकायहरुमा विद्युतीय सुरक्षा दिवसको उपलक्ष्यमा शुभकामना दिदै विद्युतीय सुरक्षा अपनाउन नसक्दा वर्षेनी विद्युतीय दुर्घटना बढ्दै गएको बताए ।
 
त्यसैगरि काठमाण्डौ विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैण्णवले विद्युतीय क्षेत्रमा अनिवार्य नक्सापास गराई कार्यअनुमति दिनुपर्ने, तालिम प्राप्त प्राविधिकहरु बाट काम गराई सेप्टी फस्ट अवधारण लागूगर्न सरोकारवाला ध्यान दिनुपर्ने छ भने विद्युतीय सुरक्षा  बर्षमा १ दिन मात्र नभई सधै सुरक्षित भएर काम गर्न अपिल गरिएको छ । नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष प्रकाश कमार दाहालले  सुरक्षा दिवस बिगत बर्षदेखि  नारामा मात्रै सिमित भएको, ग्राहकहरु लाई उपयोग र आवश्यकता अनुसार स्किृत लोड दिनुभन्दा पहिले अनिवार्य आवश्यक मापदण्ड कायम रहने गरि अथिङ र लाईटिङ एरेष्टरको व्यवस्थागर्न विनियवली सहित को व्यवस्था गरि विद्युत बाट हुन सक्ने दूघृटनाको न्युनिकरणमा  समेत टेवा मिल्ने कुरा विद्युत संसार लाई  बताए ।
 
 देश भित्र विद्युतीय कार्यको एउटै ग्राफिक सिम्बोल प्रयोग गराउन पहल,सुरक्षाको प्रविधि भित्र्याएर जोखिम न्युनिकरण गर्नुपर्छ । तालिम दिएर जनचेतना बढाउनु पर्छ।आजैबाट सुरक्षासम्बनधी नीति बनाएर,कार्यक्रम बनाएर काम गर्न प्राधिकरणले सुरुगर्नुपर्छ ।’  लोडसेडिङ अन्त्य गर्न सफल भइसकेकाले प्राधिकरणको अबको ध्यान भरपर्दो र सुरक्षित विद्युत सेवा प्रधान गर्नमा केन्द्रीत हुनुपर्ने देखिन्छ । तव मात्र समृद्ध राष्ट्र सुखी नेपाली को नाराले सार्थकता पाउन देखिन्छ ।
  

प्रतिक्रिया