भर्खरै

गण्डकी गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायहरुलाइ राहत वितरण गर्ने

  • प्रकाशित मिति : Fri-10-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title

 गोरखा, चैत । गण्डकी गाउँपालिकाल  ले गण्डकी गाउँपालिका वडा नं १ देखि ८ सम्मका  असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायहरुलाइ  राहात  वितरण गर्ने तयारी  गरेको छ।  विश्वभरि  महामारीको रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारण नागरिकलाई जोगाउन सरकारले लकडाउन गरेको तेस्रो हप्तामा प्रवेश गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न असहाय र मजदुरवर्गका उपभोक्तालाई  लकडाउन प्रभावले दैनिक ज्यालादारीमा काम गरेर बिहान बेलुकीको छाक टार्दै आएकाहरुलाई समस्या परेको छ ।
 
भएको खाद्यान्न सकिएपछि मजदुरहरु भोकै हुने अवस्था छ । दिनभरी काम गरेर कमाई भएको पैसाले छाक टार्नेहरु समस्या परेपछि गण्डकी गाउँपालिकाले खाद्यान्न सहित राहत बितरण गर्ने निर्णय गरेको अध्यक्ष होम बहादुर राना मगरले विद्युत संसारलाई बताए ।
उनले भने, “सबै वडामा के कति  छन लगत  संकलन काम भैराखेको र आगामी आईतबार सम्म लगत आउने बताए । ” 
 
 
त्यसैगरि गण्डकी गाउँपालिका सवै लगत विवरण संकलन भएपछि प्रति १ जना लाई  १ बोरा चामल(२५ के.जी.), खाने तेल १ लिटर, नुन १ के.जी. र दाल १ के.जी का दरले. बितण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले  हामी संगको कुराकानीमा बताए । उनले भने  “असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा  असहायहरुलाई उपलव्ध गराउने राहत सम्वन्धि मापदण्ड २०७६ ” पारित भएकोले त्यसैको तयारीको लागि चैत २६ गते बाट ३ दिन भित्रमा भ्याट वाला फर्महरुले प्रचलित बजार दररेटको  खाद्य सामग्री सुचि सहितको  खरिद कोटेशन समेत सुचना प्रकाशित गरिएको बताए । 
 
 
हामीले जनताको स्वास्थ्य लाई मध्येनजर गरेर पालिकामा मुख्य  प्रवेशहरुमा क्लोरीन छरेर अतिआवश्यक र खाद्यन्न ढुवानी  गर्ने यातायात को साधन हरुमा पासको व्यवस्था गरिएको गण्डकी गाउँपालिका ८ नं वडाध्यक्ष रामप्रसाद रेग्मीले विद्युत संसार लाई बताए ।उनले भने, “गाडी चालक र व्यावसायिक सथिहरुलाइ पालिका भित्र अत्यावश्यक समाग्र बोक्ने गाडि लाई मात्र पास बनाएर चलाउन दिने नीति बनाइएको छ । पास भएका गाडी लाई बिहान ७ बजे बाट १० बजे सम्म चलाउन अनुमती छ । तरकारी गाडी र दाना तथा चल्ला बोकेका गाडि लाई बेलुका ६ देखि ८ बजेको समय थप गरिएको छ । बिरामी बोक्ने गाडि लाई भने समयको सिमा रखिएको छैन । मोटर साइकलको लागि पनि यहि नियम लागू हुनेछ ।”
 
 
यस गण्डकी गाउँपालिका साविकको फुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ  विकास समितिलाई मिलाई पूर्वमा र दक्षिणमा  धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका  रहेको यो गाउँपालिका  प्राकृतिक रुपमा विविधता पूर्ण रहेको छ ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ । यस  गाउँपालिका भित्र विभिन्न  जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको जनगणना २०६८ अनुसार पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago