भर्खरै

लकडाउनमा घरमै बसेर कसरी लिने ई–पास ? यस्तो छ प्रावधान :

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - Admin
title
 
काठमाडौं , बैशाख ।   जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब अनलाइनबाटै अनुमति (ई–पास) दिने व्यवस्था गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणपछि लकडाउनको अवस्थामा अत्यावश्यक रुपमा आवतजावत गर्ने सवारी साधनका लागि इ–पासको व्यवस्था गरेको हो ।
 
ई–पास वितरण प्रणालीले चाप र जोखिम दुवै बढाइरहेका बेला उसले अनलाइनबाटै ई–पास वितरण गर्ने व्यवस्था मिलाएको हो ।
 
अत्यावश्यक रूपमा कसैलाई सवारी पास चाहिएमा अब उप्रान्त ई–पासको व्यवस्था मिलाइएको छ ।
 
कसरी लिने ई–पास ?

ई–पास लिन आवेदकले मोबाइलको म्यासेजबक्समा गएर १११२ मा एसएमएस गर्नुपर्नेछ । तपाईले एसएमएस गर्दा जुनसुकै कोड राख्न सक्नुहुनेछ ।
 
एसएमएसपछि गृह मन्त्रालयको  https://epass.moha.gov.np/  लिंक उपलब्ध हुने र इच्छुकले उक्त लिंक खोली त्यहाँ उल्लेखित विवरण भर्नुपर्ने प्रशासनले जनाएको छ ।
 
त्यसमा अनलाइनमा नागरिकता, सवारी साधनको विवरण, पास चाहिएको अवधि, किन चाहिएको हो भन्ने विषय समेत खुलाउनु पर्नेछ । यी विवरण भरेर मात्रै पनि हुँदैन । त्यसका लागि सहयोगी कागजात पनि अपलोड गर्नुपर्ने हुन्छ ।
 
प्रशासनले उचित लागेमा आवेदकको मोबाइलमा कोड नम्बर (पास) उपलब्ध गराउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago