भर्खरै

कारोनाले जलविद्युत् निर्माणको काम ठप्प

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - मुकेश चौधरी
title

 
धनगढी , बैशाख  । सुदूरपश्चिमलाई जलविद्युत्मा आत्मनिर्भर बनाउने गरी निर्माण भइरहेको कालंगाजल विद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ ।
कोरोना भाइरसको कहरका कारण निर्माण सामग्री नपाएपछि जलविद्युत्को हेडवर्क कन्ट्रक्सन रोकिएको आयोजनाले जनाएको छ । कालंगागाड जलविद्युत् आयोजनाका निर्देशक विरेन्द्र मल्लले सिमेन्ट, रडलगायतका निर्माण सामग्री नपाएकाले मुख्य निर्माणका कार्यहरु रोकिएको बताए ।
 
उनले स्टक सामानहरु प्रयोग गरेर बाढी, पहिरो रोक्ने लगायतका इमर्जेन्सी संरचनाहरु मात्रै निर्माण गरिरहेको बताए । उनले स्टक निर्माण सामग्री पनि एक सातामा सकिने बताए । कोरोनाका कारण एक्कासी लकडाउन भएपछि टाढा घर भएर फर्किन नसकेका चार सय जनशक्तिलाई क्याम्पमै राखेर काम गराइरहेको बताए ।
उनले क्याम्प र निर्माण स्थलमा बाह्य मानिसको प्रवेश रोकेर पूर्ण सुरक्षा अपनाएर मजदुर खटाएको पनि बताए ।
कालंगा गाड जलविद्युत् आयोजनाले बझाङको कालंगारिभर बेसिनमा ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कोरोनाको कहर नभए २०७७ को अन्तसम्ममा ती सबै आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिसक्ने गरी काम अगाडि बढाइएको थियो ।
यि आयोजनाहरुबाट व्यवासायिक रुपमा विद्युत् उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश जलविद्युत्मा आत्मनिर्भर भई अन्य प्रदेशलाई समेत जलविद्युत् निर्यात गर्ने जनाइएको थियो । कोरोनाका कारण विश्वभर लकडाउन गरिएपछि यि आयोजनाबाट विद्युत् उत्पादन हुने मिति अनिश्चित भएको छ ।
निर्देशक मल्लले लकडाउन अन्त्य भएसँगै निर्माण सामग्री उपलब्ध भएपछि मात्रै आयोजना निर्माण कार्य पुनःप्रारम्भ हुने हुने बताए । उनले निर्माण कार्य पुनः सुरु भएर गति लिएपछि मात्रै विद्युत् उत्पादनको मिति निर्धारण गर्न सकिने बताए ।
उनका अनुसार हाल आयोजनाहरुको समग्रमा ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । निर्देशक मल्लले टनेलहरु निर्माणको काम ३(४ किलोमिटर मात्रै बाँकी रहेको बताए । हेडवर्क र पावर हाउस निर्माणको काम सकिनै लाग्दा लकडाउन भएपछि विद्युत् उत्पादन अनिश्चित भएको उनले बताए । “ट्रान्समिसन लाइन निर्माणको कामपनि अवरुद्ध भएको छ,” निर्देशक मल्लले भने, “ट्रान्समिसनको काम पनि सकिने अवस्थामा थियो । अब यि कामहरु लकडाउन खुलेपछि मात्रै सुचारु गर्न सकिन्छ ।”
यसैगरी, चालू आर्थिक आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी राष्ट्रिय गौरवको रानीजमरा सिँचाई आयोजनाले निर्माण गरिरहेको ४.७१ मेगावाट जलविद्युत् आयोजनाको काम पनि लकडाउनका कारण रोकिएको छ । निर्माण भइरहेका बझाङको १ मेगावाट जिउली गाड, दार्चुलाको १० मेगावाटको मकारीगाड, १ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड र डोटीको डेढ मेगावाटको गड्डीगाड आयोजना पनि कोरोनाका कारण अन्यौलमा परेका छन् ।
बुढीगंगाको टेण्डर अनिश्चित
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको अछामको २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजना निर्माणको टेण्डर कोरोना कारण अनिश्चित भएको छ ।
बुढीगंगा जलविद्युत् आयोजनाका सिनियर डिभिजन इन्जिनियर वीरबहादुर बोहराले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गराएर आउँदो २(३ महिनाभित्रै निर्माणका लागि टेण्डर आह्वान गर्ने योजना रहेपनि कोरोनाका कारण स्थगित भएको बताए । उनले लकडाउनका कारण आयोजना कार्यालय बन्द भएकाले पूर्व तयारीका कामहरु रोकिएको बताए । उनले लकडाउन खुलेपछि मात्रै डीपीआर स्वीकृत गराउने र टेण्डरको आह्वानका लागि गृहकार्य गरिने बताए ।
बुढीगंगा जलविद्युत् आयोजनाको पहुँच मार्गमा पर्ने पुल निर्माणको काम समेत अवरुद्ध भएको छ । पहुँच मार्गको सबै काम सम्पन्न भएपनि पुल निर्माण गर्न मात्रै बाँकी थियो । “दुई पिलरको ७२ मिटर लामो पुल निर्माण भइरहेको थियो” इन्जिनियर बोहराले भने, “लकडाउन भएपछि पुलनिर्माण पनि रोकिएको छ ।”
 कारोबार

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago