भर्खरै

चट्याङ लागेर दुईको मृत्यु

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - रासस
title
बैशाख, दार्चुला ।दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

घटनामा अन्य पाँच जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेको छ । यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा चट्या लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।

त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।

सोही वडामा चट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago