भर्खरै

बन्यो १ थोपा पानीले १०० एलईडी बल्ब बल्ने जेनेरेटर

  • प्रकाशित मिति : Wed-15-Apr-2020
  • - एजेन्सी
title
 
एजेन्सी – वैज्ञानिकहरुले सधैजसो विभिन्न किसिमका नयाँ आविष्कारहरु गरिरहेका छन् । जसले विश्वलाई एक नयाँ दिशातर्फ लगिरहेको छ । एक यस्तै किसिमको आविष्कार युनिभर्सिटी अफ हङकङका वैज्ञानिकले गरेका छन् । उनीहरुले यस्तो जेनेरेटरको आविष्कार गरेका छन्, जसले वर्षाको केबल १ थोपा पानीले १०० एलईडी बल्ब बाल्न सक्छ ।
 
यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्ला । तर यो विलकुल सत्य कुरा हो । यो शोधलाई जर्नल नेचरको नयाँ अंकमा प्रकाशित गरिएको छ । हङकङ विश्वविद्यालयका इन्जिनियर र प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरको माध्यमबाट १५ सेन्टिमीटरको उचाईबाट पानीको १०० माइक्रोलीटरको एक थोपाबाट १४० भोल्ट उर्जाको उत्पादन हुन सक्छ । वैज्ञानिकले लामो समयसम्म यो प्रोजेक्टमा काम गरेको र हाल मात्रै यसमा सफलता मिलेको बताइएको छ ।
 
जेनेरेटरले कसरी काम गर्छ ?
 
प्राध्यापक जुआनकाई वांगका अनुसार यो जेनेरेटरमा २ इलेक्ट्रोड हुन्छ । जसमा एक आल्मुनियम र अर्को पोलिटेट्राफ्लूरोएथिलीन इलेक्ट्रोड हुन्छ । यसको उपयोग धेरै स्थायी हुन्छ । जब यसमा वर्षाको थोपो पर्छ यसबाट बिजुली उत्पादन हुन्छ । यसबाट उर्जाको उत्पादन पनि अधिक भन्दा अधिक हुन्छ ।
 
मीडिया रिपोर्टका अनुसार यो जेनेरेटर उच्च क्षमता भएको रहेको छ । यो जेनेरेटर एक पटकमा आफ्नो क्षमता भन्दा कैयौं गुणा अधिक उर्जाको उत्पादन गर्न सक्षम रहेको छ । यो जेनेरेटरबाट आगामी समयमा वर्षाको पानीको पनि भरपुर प्रयोग गर्न सकिन्छ र बिजुलीको उत्पादनको क्षमता पनि बढाउन सकिन्छ । जसले विश्वलाई फाइदा पु¥याउछ ।
एजेन्सी को सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago