मध्यरातमा भूकम्पको धक्का
- प्रकाशित मिति : Thu-16-Apr-2020
- - Admin

काठमाडौं, बैशाख । मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ ।
गएराति १२ बजेर ५५ मिनेट जाँदा सोलुखुम्बू केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोलुखुम्बू केन्द्रविन्दु भएर ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पका कारण कुनै क्षति नभएको भूकम्प मापन केन्द्रले जनाएको छ ।