भर्खरै

बाढीले लघुजलविद्युत् भत्काएपछि अन्धकार

  • प्रकाशित मिति : Fri-17-Apr-2020
  • - Admin
title

प्यूठान, बैशाख । प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा विद्युत्विहीन बनेका छन् । स्थानीय नदीबाट लघुविद्युत् उत्पादन गर्दै आएका दुई गाउँका पाँचवटा लघजलुविद्युत् तथा पेल्टिसेटको बाढीले कुलो पुर्ने तथा भत्काइएपछि एक हजार ४०० घरधुरी अन्धकारमा परेका हुन् ।                                                 
 
गौमुखी गाउँपालिका–३ वटा वडाका तीन लघुजलविद्युत् र दुई पेल्टी सेट गरी पाँच आयोजनाका कुलो भत्किएपछि एक हजार ३४२ घरधुरी विद्युत्विहीन बनेको स्थानीयवासीले बताएका छन् । गतवर्षको पहिरोका कारण क्षति भएको विद्युत् संरचनाको मंगलबार मात्र स्थानीयवासीले मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याएका थिए । मर्मत गरेको दुई दिन नबित्दै पुनः बाढीले कुलो बगाउनाका साथै पहिरोले ठाउँठाउँमा पुरिएको छ ।
 
गौमुखी गाउँपालिका–१ मा रहेको घटेखोला ९दोस्रो० लघुजलविद्युत् १० किलोवाट, गौमुखी गाउँपालिका–२ मा रहेका एक किलोवाटको खोला खर्क पेल्टी सेट, ५०० वाटको ढुङ्ढुङखोला पेल्टीसेट र गौमुखी गाउँपालिका–३ रजवाराका ४० किलोवाट क्षमताको खराखोला र १७ किलोवाटकोे तिखाचुलीखोला लघु जलविद्युत् आयोजनाका कुलोहरु बाढीले भत्काइदिएको स्थानीयवासी जोगिन्द्र मल्लले जानकारी दिए । गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टिभी, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत् आपूर्ति ठप्प भएपछि रजवाराको जनजीवनसमेत प्रभावित भएको उनले जानकारी दिए ।
बाढीबाट भएको क्षति अहिले यकिन भएको छैन । धेरै वर्षदेखि वर्षाको समयमा विद्युत् संरचना बाढी र पहिरोले क्षति पुु(याउने गर्नाले गौमुखी गाउँपालिकाका अर्खा र रजवाराका गाउँलेले विद्युत् आपूर्ति बन्द हुने समस्या भोग्दै आएका छन् । धेरै वर्षदेखि पहिरो झरिरहेका कारण दिगो रूपमा पुनर्निर्माण हुन नसेकेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरिले बताए ।
त्यसैगरी गौमुखी गाउँपालिका–२ अर्खामा ५४ घरधुरीले प्रयोग गर्दै आएको खानोपानी आयोजना बन्द भएका छन् । ३० घरधुरी उपभोक्ता रहेको तेलाखोला खानेपानी आयोजना र २४ घरधुरीले प्रयोग गर्दै आएको जेताखोला खानेपानी आयोजनाको मुहान बाढीले पुरिदिँदा खानेपानीसमेत प्रभावित बनेको स्थानीयवासीको भनाइ छ ।कारोबार दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago