भर्खरै

गण्डकी गाउँपालिकामा डायग्नोष्टिक र्‍यापिड टेस्ट (आरडिटी) -सबैको नेगेटिभ

  • प्रकाशित मिति : Sun-19-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
गोरखा,वैशाख ।  गोरखाको गण्डकी गाउँपालिकामा हिजो शनिवार वडा नम्बरं १ देखि ८ नंम्बर वडा सम्म विदेशबाट आएका व्यक्तिहरुलाई गण्डकी गाऊँपालिका वडा नं १ मकैसिङ्ग र वडा नं ५ दर्बुङ्ग स्वास्थ्य चौकीमा  लिएको  २९जनाको  डायग्नोष्टिक र्‍यापिड टेस्ट (आरडिटी) जाँच गरिएको र  ती सबैको  नतिजा नेगेटिभ आएको गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर द्धारा हस्ताक्षरित  जारी प्रेस विज्ञीतीमा जनाएको छ । 
 
 
उक्त प्रेस बक्तव्यमा  गाउँपालिका भित्र एक वडा बाट अर्को वडा र एक गाउँबाट अर्को गाउँटोलमा अतिआवश्यक कामले तथा बिरामी बोक्ने एम्बुलेन्स एवं बिरामी बोक्ने अन्य सवारी साधनहरुलाई असहज परिस्थितीको सामना गर्नु परेकोले गाउँपालिका भित्र विभिन्न ठाउँमा राखिएको सवै प्रकारको अवरोध हटाईदिन सवै वडा गाउँपालिका बासिन्दाहरुमा  अपिल समेत गरिएको छ । 
 
भारत, दुबई,कतार ,साउदी लगायत देशहरुबाट आएकाहरुको र्‍यापिड टेस्ट गोरखा स्वास्थ्य कार्यलयको प्राविधिक सहयोगमा  गरिएको थियो ।
विदेशबाट आएका वडा नं १ मकैसिङ्गमा १४ जना र   वडा नं ५ दर्बुङ्ग मा १५ जनाको  र्‍यापिड टेस्ट लिएको गण्डकी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत राकेश गुरुङले विद्युत संसारलाई बताए । 
 
राहात बितरण को लगत संकलन हुदै:
 
गण्डकी गाउँपालिकाल  ले गण्डकी गाउँपालिका वडा नं १ देखि ८ सम्मका  असंगठित क्षेत्रमा कार्यरत श्रमिक र असहायहरुलाइ  राहात  वितरण गर्न सवै वडाहरुबाट लगत संकलन भैराखेको अब  २- ३ दिन भित्रमा  लगत मूल्यांकन लाई वैज्ञानिक आधारमा तयारी गरि बितरण गर्ने प्रमुख प्रसाशकिय अधिकृत  गुरुङले   बताए ।
 
 त्यसैगरि गण्डकी गाउँपालिका  वडा नं ८ का  वडाअध्यक्ष  राम प्रसाद रेग्मीले उक्त वडामा ८५ जना को लगत बिबरण गाउँपालिकाको कार्यालयलाई पठाएको जानकारी दिएको छ ।
  राहात  वितरण  प्रति १ जना लाई  १ बोरा चामल (२५) के.जी.,  खाने तेल १ लिटर, नुन १ के.जी. र दाल १ के.जी. का दरले बितण गर्ने योजना रहेको छ। “असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा  असहायहरुलाई उपलव्ध गराउने राहत सम्वन्धि मापदण्ड २०७६ ” पारित गरिएअनुसार बितरण गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago