भर्खरै

निगमद्वारा ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

  • प्रकाशित मिति : Sun-19-Apr-2020
  • - धना ढकाल
title
 
काठमाडौं,बैशाख । नेपाल आयल निगमले सञ्चालनमा नआएका ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । लामो समयसम्म सञ्चालनमा नआएका उद्योगको अनुमतित्रपत्र खारेज गरिएको हो ।
अनुमतिपत्र ओगटेर खरिद बिक्री गर्ने परिपाटीको अन्त्य गर्न खारेज गरिएको निगमले जनाएको छ । निगमका अनुसार २०७१ माघ १४ गतेपछि स्वीकृत भएका उद्योग खारेजीमा परेका छन।
यो अवधिमा ५३ उद्योगले निगमबाट अनुमतिपत्र लिएका थिए । अनुमतिपत्र लिएका उद्योग सञ्चालन गर्न सूचना जारी गरेर ३ पटकसम्म निर्देशन दिँदा पनि अटेर गरेपछि खारेजीको निर्णयमा पुगेको निगमले जनाएको छ ।
 
अनुमतिपत्र खारेज हुने उद्योगमा सुदूरपश्चिम एलपी ग्यास उद्योग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास र जेपी ग्यास छन । एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास उद्योगको पनि अनुमतिपत्र खारेज भएको छ ।
 
यस्तै, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट गइँस, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजङ्गा ग्यास उद्योगको अनुमतिपत्र निगमले खारेज गरेको छ ।
 
अन्य उद्योगमा सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास र सान्भी ग्यास उद्योग छन् ।
गौरीशङ्कर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा, नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा),सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा), र नेपाल ग्यास उद्योग (शाखा) पनि खारेजीमा परेका छन ।
ऊर्जा खबर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago