भर्खरै

संघद्धारा व्यवसायीहरुमा निसंकोच सहयोगको लागि अपिल ः

  • प्रकाशित मिति : Sun-19-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाण्डौ, बैशाख । काठमाण्डौ विद्युतीय व्यवसायी संघले आज प्रेस विज्ञप्ती प्रकाशित गरी व्यवसायीहरुमा  कुनै समस्यामा भए निसंकोच भएर सहयोगको लागि सम्र्पक गर्न अपिल गरिएको छ ।  
यस संघका अध्यक्ष  राजेन्द्र वैण्णब सहितको  ६ सदस्य  समिति रहेको सचिव मुक्तिनाथ सापकोटा द्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । निवर्तमान अध्यक्ष पुरुषोतम नेपाल,उपाध्यक्ष सरोज कुमार रेग्मी, सचिव मुक्तिनाथ सापकोटा, कोषाध्यक्ष दिवेश कमार जैन,सहसचिव मिलन शिवाकोटी  लगायत कार्यसमिति सदस्यहरु को अत्यावश्यक परिचालन समिति गठन गरिएको संघका अध्यक्ष राजेन्द्र वैण्णबले विद्युत संसारलाई बताए । 
 
काठमाण्डौमा उपत्यकामा  विद्युतीय  साम्रगीहरुको कारोबार गर्ने व्यवसायीहरुमा  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण विश्वभर आक्रान्त र नेपालमा पनि यसको प्रभाव उच्च रहेकोले एक महिने लामो बन्दाबन्दी        (लकडाउन) को कारण  आफ्ना सदस्यहरुलाई खाद्यन्न एवं अत्यावश्यकीय औषधिहरुको सम्बन्धमा  सहयोग गर्ने तत्पररहेकाले कुनै द्धुविधामा नरहि निसंकोच भएर संघका पदाधिकारीहरु जानकारी गराई सहयोग गर्न र हालसम्म कुनै पनि व्यवसायीहरु यस कोरोना भाइरस बाट संक्रमित नभएको यस संघका सचिव मुक्तिनाथ सापकोटाले हामीसंगको कुराकानीमा बताए । 
काठमाण्डौ विद्युतीय व्यवसायी संघ विद्युतीय व्यवसायीहरुको  व्यवसायीक हकहित र समस्याको  समाधानका लागि एवं सामाजिक कार्यमा पनि सक्रियारुपमा अगाडी बढदै आईरहेको छ । 
आफ्नो व्यवसायीहरुलाई थप क्रियाशिल बनाउन गोंगबु एरिया उपसमिति बनाएर व्यवसायीक एकतामा  समेत अगाडी बढेको छ । यस संघमा करिब ५सय ५० व्यवसायीहरु आवद्ध रहेका छन  । महासंघमा आवद्ध रहेको २३ जिल्ला मध्ये सदस्य संख्याको हिसाबले सबैभन्दा ठूलो र क्रियाशिल जिल्लाको रुपमा काठमाण्डौ विद्युतीय व्यवसायी संघलाई लिने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago