भर्खरै

नेपाल पत्रकार महासंघलाई परिवार दलले २००० थान मास्क बितरण

  • प्रकाशित मिति : Mon-20-Apr-2020
  • - भीमलाल श्रेष्ठ
title

 
काठमाण्डौ,बैशाख । नेपाल परिवार दलले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई प्रदान गरेको छ ।  
आईतबार पत्रकार महासंघको कार्यलयमा नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सुरक्षा सामग्री महासंघका अध्यक्ष गोबिन्द आचार्यलाई सुरक्षा सामग्री मास्क हस्तान्तरण गरेका छन् । 
 
सामाजिक उत्तरदायित्व तथा नागरिकहरूलाइ सुचना प्रवाह जस्तो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारहरुका लागी थोरै भएपनि सुरक्षा सामाग्री उपलब्ध गराएको अध्यक्ष ढकालले बताए । महासंघ मार्फत पत्रकारका लागि लागि परिवार दलल २०००थान मास्क पत्रकार महासंघलाई उपलब्ध गराएका हुन् ।सुरक्षा सामाग्री बितरणका क्रममा अध्यक्ष ढकालले भने, ‘दिनरात नभनी अहोरात्र खटिनु भएको छ, ‘सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सहि सूचना पाउदैँनन् त्यसैले सुरक्षार्थ सानो सहयोग गरेको हुँ।’ उनले अहिलेको महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी नै पहिलो मोर्चामा हुने भएकोले आफनो दलले सक्ने सहयोग लिएर महासंघ आईपुगेको बताए ।  
सो अवसरमा पत्रकार महासंघका अध्यक्ष आचार्य लगायत कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्य गोपाल बराईली पत्रकार महासंघ काठमाण्डा शाखा कार्यसमिति सदस्य बिष्णु निश्चल परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलको पनि सहभागिता रहेको थियो । 
सामग्री बुझ्दै महासंघका अध्यक्ष गोबिन्द आचार्यले उपलब्ध सामग्री फिल्डमा खटिने सबै क्रियाशिल पत्रकारहरुलाई उपलब्ध गराईने बताए । कोरोना कहरको यो अवस्थामा जोखिम मोलेर पनि जनतालाई सूचना प्रवाह गर्न फिल्डमा खटिने पत्रकारहरुका लागी सुरक्षा कवज उपलब्ध गराएकोमा पत्रकार महासंघले परिवार दललाई धन्यबाद दिएको छ । 
पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यले फिल्डमा रिपोर्टिङ गर्दा अनिवार्य रुपमामास्कको प्रयोग गरी सतर्क र सुरक्षित बनेर समाचार संकलन गर्नु पर्ने बाध्यता रहेको बताए ।   ‘यो बेला खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी सबैलाई राज्यले प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ,’ अध्यक्ष आचायले  भने, ‘तर त्यहीँ सूचना जनतासम्म पुर्याउने पत्रकारलाई न सुरक्षा कवज न प्रोत्साहन नै गरेको छ ।’ उनले पत्रकारको को लागि पनि राज्यले बिमा लगायत पत्रकारलाई आवश्यक पर्ने इन्टरनेट बिजुली लगायतका कुरामा पनि राज्यले सहुलियत दिनुपर्ने बताए । 
परिवार दलले गत बैशाख २ गते कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटललाई ५००० मास्क प्रदान गरेको थियो ।  हाल संसदमा प्रतिनिधित्व नभयपनि परिवार दल देशमा आइपर्ने हरेक संकटको सामनामा अग्रपंतिमा देखिदै आएको छ । 
 
 

प्रतिक्रिया