इलेक्ट्रिसियन एसोसिएशन बाँके द्धारा राहात संकलनकेन्द्रलाई खाजा र पानी हस्तान्तरण
- प्रकाशित मिति : Wed-22-Apr-2020
- - भीमलाल श्रेष्ठ

पालगञ्ज, १० बैशाख । इलेक्ट्रिसियन एसोसिएशन बाँके द्धारा संकलित राहत लाई एकद्धार सिस्टम बाट बितरण गर्ने भएकोले जिल्ला प्रहरी कार्यालयको अन्र्तगत धम्बोजीमा स्थित राहात संकलन केन्द्रमा पुगेर खाजा र पानी हस्तान्तरण गरेको हो ।
इलेक्ट्रिसियन एसोसिएशन बाँक इलेक्ट्रिसियनहरुको हकहितको लागि लड्ने एक सामाजिक ,गैह् नाफामूलक संस्था हो । एशोसियसनले बाटोमा यात्रा गर्ने मानिसहरुलाई खाजा र पानी को राहत स्वरुप जिल्ला प्रहरी कार्यालय अन्र्तगत राहत संकलन केन्द्रमा हस्तान्तरण गरिएको हो ।
विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएर बाटोमा हिडेका मानिसहरुलाई खाजा बितरणमा सहयोग पुयउने उदेश्यले चाउचाउ १६ कार्टुन र ४२ कार्टन पानी हस्तान्तरण गरिएको एसोसिएशनका अध्यक्ष दिपक खनालले विद्युत संसारलाई बताए । 

मानिसहरुलाई लामो समयको लकडाउनका कारण खान बस्न समस्या पश्चात हिडेर घरजानेहरुलाई केहि महलम लगाउने उदेश्याका साथ एशोसिएशन का पदाधिकारी र जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जको समन्वयमा इलाका प्रहरी कार्यालय कोहलपुर र धम्बोजीमा गएर हस्तान्तरण गरेको निवर्तमान अध्यक्ष नारायण पोखरेलले हामीसँगको कुराकानीमा बताए । हाल यस एशोसिएशनमा आवद्ध हुने सदस्य करिब ५५० जना रहेका छन ।
