चट्याङ लागेर मृत्यु
- प्रकाशित मिति : शुक्र, बैशाख १९, २०७७
- - विद्युत संसार संवाददाता

सिन्धुली, वैशाख । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो ।
आफ्नै पानीघट्टमा बुबालाई खाना पु¥याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले बताए।