भर्खरै

लायन्स क्लब अफ काठमाण्डौ गौरव को अध्यक्षमा कार्की निर्वाचित

  • प्रकाशित मिति : शनि, बैशाख २०, २०७७
  • - भीमलाल श्रेष्ठ
title
विद्युत संसार, बैशाख, काठमाडौं । लायन्स क्लब अफ काठमाण्डौ गौरव (डिष्ट्रिक ३२५ वि–१) को अध्यक्षमा दयाराम कार्की  निर्वाचित  हुनुभएको छ।  विगत १०० बर्ष देखि मानबिय सेवामा कार्य गर्दै आएको विश्वको २०० भन्दा बढि राष्ट्रहरुमा रहेको सबै भन्दा ठुलो सामाजिक संस्था लायन्स क्लब अफ काठमाण्डौ गौरव (डिष्ट्रिक ३२५ वि–१) को काठमाण्डौमा सम्पन्न एघारौ साधारण सभाले लायन बर्ष २०२०।२०२१ को नयाँ कार्य समिती २०२० अप्रिल २९ तारिक अर्थात २०७७ बैशाख १७ गते बुधबार अनलाईन भिडियो कन्फ्रेन्स (भर्चुअल) विधिबाट कार्यसमिति  चयन गरेको छ ।
नयाँ कार्य समितीमा लायन दयाराम कार्की अध्यक्षको पदमा निवाचित हुनुभएको  छ भने  उपाध्यक्षमा  लायन ईश्वरी पुरी,  सचिवमा लायन भीमलाल श्रेष्ठ र कोषाध्यक्षमा लायन सरोज भट्राई  निर्वाचित भएको निवर्तमान अध्यक्ष शान्ता पन्त ले विद्युत संसारलाई बताए।
                 
 
विगत १०० बर्ष देखि मानव समुदायमा हुने दुःख आफु भन्दा कुनै पनि कुरामा कम अवसर प्राप्त व्यक्ति समुदायलाई आफुले सक्ने सहयोग गर्ने उद्धेश्यले गरिने सामाजिक भावना नै यस लायन्स क्लब प्रमुख उदेश्य हो ।पहिलो बिश्व युद्धमा क्षतबिक्षत भएको हाम्रो समाज र मानब जातीको बिभिन्न तवरबाट मानवीय सहयोग गर्ने उद्धेश्यले स्थापित यस संस्थाले बिगत ४८ बर्ष देखि नेपालमा सेवा गर्दै आएको कुरा यस क्लबका पूर्व अध्यक्ष तथा हाल  डिष्ट्रीक एडिसनल क्याबिनेट  सेके्रटरी लायन बासु रिजालले हामीसँगको कुराकानीमा बताए।
                                                                                  
                                                                         
 
नेपालमा बिशेष  गरि स्वास्थ्य ,शिक्षा, भैपरि आउने आकास्मिक कार्यहरुमा प्रमुख कार्यक्षेत्रमा लायन्स क्लबले काम गर्दै  आएको र यसलाई अझै बढि प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने कुरा यस लायन्स क्लब अफ काठमाण्डौ गौरवका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) लायन विजय चन्द्र आचार्यले हामीसँगको कुराकानीमा बताए।
 
नव निर्वाचित कार्य समितीले नयाँ ढंगबाट यस संस्थाको मानविय सेवा गर्ने कार्यलाई अझ प्रभावकारी ढंगबाट अगाडी बढाइने कुरामा नव निर्वाचित अध्यक्ष दयाराम कार्कीले बताए  ।
 
लायन्स क्लब अफ काठमाण्डौ गौरब ले बार्षिक क्यालेण्डर अनुसार रक्तदान कार्यक्रम, वृक्षारोपण, जाडोमा न्यानो कपडा बितरण, शैक्षिक सामाग्रीहरुको  बितरण, धार्मिक मठमन्दिरहरुमा सरसफाई कार्यक्रमहरु ,पिकनिक कार्यक्रम, क्लबका सदस्यहरु बिचमा रिफ्रेसमेन्ट एवं  मनोरञ्जन प्रदान गर्ने कार्यक्रमहरु गरी सामाजिक कार्यमा अग्रणि भूमिका निर्वाह गर्दै आएको कुरासमेत  क्लबका पूर्व अध्यक्ष प्रकाश कुमार दाहाले विद्युत संसारलाई बताए।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago