भर्खरै

प्राधिकरणका कारण संकटमा पर्यो बैंकहरूको ९ खर्ब लगानी

  • प्रकाशित मिति : शुक्र, पौष १७, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस । नेपाल विद्युत प्राधिकरणले समयमा ट्रान्समिसन लाइन जडान नगर्दा बैकहरुले गरेको ९ खर्ब लगानी  संकटमा पर्ने भएको छ । 
सरकार र नेपाल विद्युत् प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा, कानुनमा भएको व्यवस्थालाई समयमै संशोधन गरेर लगानीमैत्री नबनाउँदा बैकहरुको लगानीमा जोखिम बढ्दै गएको हो । 
 
चालु आर्थिक वर्षमा थपिने करिब १५ सय मेगावाट र आगामी आर्थिक वर्षमा उत्पादन हुने १५ सय मेगावाट विद्युत ट्रान्मिसन लाइनमा जोड्ने पूर्वाधार तयार नहुँदा उत्पादित विद्युत त्यतिकै खेरा जाने देखिएको छ । 
 
जलविद्युत आयोजनामा लगानीकर्ताको  ३० प्रतिशत र बैकहरूको ७० प्रतिशत लगानी गर्ने गरेका छन् । कुल ४५ सय मेगावाट विद्युत उत्पादन गर्न १२ खर्ब रुपैयाँ लगानी भएको छ । सो लगानीमध्ये ३ खर्ब प्रवद्र्धकको हो भने ९ खर्ब रुपैयाँ विभिन्न बैंकहरूको हो । 
यो बाहेक १८ हजार मेगावाट विद्युत उत्पादनको लागि अध्ययन सकेर विद्युत खरिद सम्झौता (पीपीए) को लागि तयार भएर बसेको छ । 
हाल उत्पादन भएका विद्युतहरू प्रसारण लाइनमा जोड्न प्राधिकरणले सकेको छैन । उत्पादन भएका बिजुली ग्रिडमा जोडन नसक्दा प्राधिकरणले उत्पादन अवधिनै थप गर्ने गरेको छ । 
 
उत्पादित विद्युतको उपभोग बढाउन सरकारले कुनै प्रकारको सुविधा, विद्युत व्यापार गर्नको लागि न कुनै पहल गरेको छ त न सरकारले उद्योगधन्दा खोल्नलाई प्रोत्साहन नै गरेको छ । यस्तो अवस्थामा उत्पादिन विद्युतले बजार नपाउने र विद्युत बिक्री नभइ प्रवद्र्धकले बैंकको कर्जा तिर्न नसक्ने समस्या देखिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईपान) का पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए । 
 
पूर्व अध्यक्ष गुरागाईका अनुसार ‘अहिले हाम्रो देशको माग भनेको पिक आवरमा करिब १४ सय मेगावाट (बेलुका ४ घण्टा) र अन्य समयमा जम्मा एक हजार मेगावाटमात्रै रहेको छ । ‘अब उत्पादन हुुने विद्युतलाई सरकारले कसरी व्यवस्थापन गर्छ ।’ 
 
सरकारको ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति अनुरुप निजी क्षेत्रले लगानी गरे । कतिपय आयोजनामा बैंकहरूले लगानी गरिसकेका छन् भने कतिपयमा बैंकहरू लगानी गर्न ठिक्क परेर बसेका छन् । 
 
विद्युत खरिद ऐन अनुसार प्राधिकरणलेमात्र विद्युत बिक्री गर्न पाउने व्यवस्था छ ।  सोही कानुनी बन्देजका कारण निजी उत्पादकले बिजुली बिक्री गर्न सक्ने अवस्था छैन, उनले भने ‘सरकारले उत्पादन बढाउने भन्दै लगानी गर्न आम लगानीकर्तालाई हौस्र्यायो तर, लगानी सुरक्षित गर्ने वातावरण भने तयार नगरेको आरोप उनले लगाए । 
 
२५ मेगावाटको सिंगटी खोला, ४० मेगावाटको खानी खोला–१, ३० मेगावाटको खानी खोला, ६.४ मेगावाटको सुरी खोला र ११ मेगावाटको तल्लो खारे खोलाले विद्युत् उत्पादन अन्तिम चरणमा पुगेको छ । अन्य केही आयोजनाले उत्पादन गरेका विद्युत पनि प्रसारण लाइन नहुँदा ग्रिडमा जोडिन सकेका छनन् । प्राधिकरणले यस्ता आयोजनाको उत्पादन अवधि सार्दै लगेको छ । हामीले यो समाचार आर्थिक न्यूज डटकमको सहयोगमा तयार पारेका हौं । 

प्रतिक्रिया