भर्खरै

ऊर्जा मन्त्रालयले भन्यो 'लोडसेडिङ एउटा इतिहास बन्यो', लोडसेडिङ हुने कुरा नगरौं

  • प्रकाशित मिति : शुक्र, पौष २४, २०७७
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २४ पुस । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनको विषय भएको बताएको छ । मन्त्रालयले बिहिवार एक विज्ञाप्ति सार्वजनिक गर्दै नेपाल विद्युत प्राधिकरणले गत १७ गते शुक्रवार निकालेको विज्ञाप्तिबाटै लोडसेडिङ हुँदैन भन्ने स्पष्ट भएको बताएको छ । 
 
तत्कालीन समयमा ऊर्जा संकट तत्काल र दीर्घकालीन रुपमा समाधान गरी समृद्धिमा योगदान प¥याउन वि.सं. २०७२ सालमा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक संम्बन्धी ९९ बुँदे कार्ययोजना बनाएर सुरु गरेको हुँदा त्यसैको परिणाम पछिल्ला वर्षमा देखिएको र लोडसेडिङ अन्त्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
विज्ञाप्तिमा भनिएको छ “विद्युत वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई सहरी सौन्दर्यकरण एवं एकीकृत भूमिगत प्रशारण लाईन बनाउँदा पूर्ण व्यवस्थित, मितव्ययी, दिगो व्यवस्थापन हुने गरी अगाडी बढाउँदा बढी सान्र्दभिक र लाभदायक हुन्छ भन्ने साझा सोच बढी उपयुक्त हुन्छ ।”
 
मन्त्रालयको जारी विज्ञप्तिमा पछिल्लो दिनमा केही सञ्चार माध्यमहरुबाट योजनाबद्ध रुपमा लोडसेडिङ, विद्युत लाईन तथा भूमिगत विद्युतीय वितरण प्रणाली जडानका सन्दर्भमा सत्य कुरा तोडमोड गरी मन्त्री वा मन्त्रालयको मर्मको गलत व्याख्या गरिएकोले त्यसो नगर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago